मेगासँग मिसिन लागेको टुरिजमले प्रस्ताव गर्यो बोनस

Apr 05, 2018 merolagani

मेगा बैकसँग गाभिने प्रकृयामा रहेको टुरिजम् डेभलपमेन्ट बैक (TDBL) ले गतबर्षको मुनाफाबाट १५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले ३० करोड १५ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्नेछ ।

बैंकको विहीबार बसेको संचालक समितिको बैठकले गतबर्षसम्मको संञ्चित मुनाफा, शेयर प्रिमियम र पूँजी समायोजन कोषमा रहेको रकमबाट हाल कायम रहेको चुक्ता पूँजीको १५ प्रतिशत बोनस प्रस्ताव गरेको हो ।

बैंकले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण हुनेछ ।

बैंकको हाल चुक्ताँ पूँजी दुई अर्ब एक करोड रुपैयाँ छ । बोनसपछि कम्पनीको करिब दुई अर्ब ३२ करोड रुपैयाँ पुग्नेछ ।

comments powered by Disqus