बैंक अफ काठमाण्डूको समर बोनान्जा अफर

Apr 06, 2018 Merolagani

बैंक अफ काठमाण्डूको समर बोनान्जा अफरको घोषणा गरेको छ । यस अफरमा बिओकेको डेबिट अथवा क्रेडिट कार्ड प्रयोग गरि नेपालका जुनसुकै पिओएस मेसिनमा प्रयोग गर्दा ग्राहकले १० प्रतिशत क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

बैंक अफ काठमाण्डूले यो योजना चैत २४ गतेदेखि लागू हुने र सीमित अवधिका लागि मान्य हुने जनाएको छ ।योजना अन्तर्गत कार्डधनीले दैनिक एक हजारसम्म र योजना अवधिभर पाँच हजार सम्मको क्यास ब्याक पाउने ब्यवस्था मिलाइएको बैंकद्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।

comments powered by Disqus