शेयर बजारमा लगानी गर्ने महिलाहरुको आ-आफ्नै फमूर्ला !

Apr 10, 2018 Merolagani

पछिल्ला केहि बर्षयता सेयरबजारमा महिला लगानीकर्ताको सहभागिता बढ्दै गएको छ । सेयर बजारमा गृहणीदेखि शिक्षक,विधार्थी,अधिवक्ता, राजनैतिक कार्यकर्ताका साथै अवकाश प्राप्त सरकारी जागिरे महिलाहरुको उपस्थिती पनि देखिन्छ । त्यस्तै उनीहरुको सेयरबजारमा लगानी गर्ने फर्मूलामा पनि विविधता पाइएको छ ।

विगत दुई बर्षयता सेयरबजारमा जुन प्रकारको उछाल आयो बजार पस्ने महिलाहरुको संख्या पनि सोही रुपमा बढ्यो । केहि महिलाहरु जानेर बुझेर बजारमा प्रवेश गरे भने कतिपय लहलहैमा समेत बजारमा छिर्न पुगे।

हामीले मंगलबार ब्रोकर कार्यालयमा भेटिएका केहि महिला लगानीकर्ताहरुसँग बजारमा लगानी गर्ने फमूर्ला र बजारबारे कुराकानी गरेका छौं ।

आइतबार र सोमबारको जस्तो मंगलबारको सेयरबजार खासै उत्साहजनक रहेन । नेप्से र कारोबार रकम दुवै घट्यो । कारोबार चलिरहेका बेला हामी पुतलीसडकमा रहेको ब्रोकर नं २६ एशियन सेक्युरीटीजमा पुग्दा महिलाहरुको उपस्थित अन्य दिनको भन्दा कम नै देखिन्थ्थो । 

कारोबार कक्षको पछाडितिर बसेर अनु गुरुङ ब्रोकर अफिसमा राखिएको मनिटर र आफ्नो मोबाइलमा सँगसँगै बजारको अपेडट हेर्दे थिईन् । पेशाले गृहणी गुरुङले सेयरबजारमा कारोबार गर्न थालेको चार पाँच बर्ष नै वितीसक्यो । हामीले जिज्ञासा राख्यौ तपाई सेयर किनबेच कसरी गर्नुहुन्छ ?

रातो हुँदा किन्ने र हरियो हुँदा बेच्ने

गुरुङले सहजै भनिन् रातो हुँदा किन्ने र हरियो हुँदा बेच्ने। सुरु सुरुमा यस्तै गर्थे, तर आजकल कम्पनीहरुको वित्तीय विवरण समेत भ्याएसम्म अध्ययन गर्छु, पत्रपत्रिका, इन्टरनेट आदीमा हेर्ने गर्छु उनले भनिन् ।

सेयर बजारमा लगानी गर्ने हो भने नयाँ नजान्ने लगानीकर्ता सकभर भ्याएसम्म ब्रोकर अफिस नै पुग्नुपर्ने उनको भनाई छ । धेरैको कुरो सुन्न पाईन्छ, धेरै कुरा जानिन्छ, घरमै बसेर हुँदैन । कुरो सबैको सुन्ने निर्णय आफ्नो गर्ने । गुरुङले भनिन् । सानै रकमबाट सेयरबजारमा लगानी सुरु गर्नुपर्ने उनको सुझाब छ ।

सेयर मार्केट सम्बन्धी तालिम लिनुपर्छ

ब्रोकर नं २५ श्वेता सेक्युरिटीजमा पुग्दा अन्दाजी ३० बर्षकी अर्को एकजना महिला कारोबार कक्षमा बजारको इन्डेक्स हेर्न व्यस्थ थिईन । कुराकानीको सिलसिलामा उनले आफ्नो नाम बताउन चाहिनन् ।

गृहणीलाई साना लगानीकर्ता भन्नु नै गलत हो । अहिले बजारका ठूला लगानीकर्ता नै महिला भएको उनको तर्क थियो । रकम सानो भएर हुन्छ ? नियमित कारोबार गर्ने महिला नै हुन् । यसलै गृहणीलाई साना लगानीकर्ता भन्न मिल्दैन उनले भनिन् ।

बजार बुुझेर मात्र लगानी गर्नुपर्ने सुझाब समेत उनले दिईन । दुईचार दिनमा सेयर मार्केट नबुझिने कुरो हो । ठूला लगानीकर्ता भनिएकाहरुको अन्र्तवार्ता हेर्ने, कम्पनीको प्रोफाईल अध्ययन गर्ने, सेयर मार्केट सम्बन्धी तालिम लिनुपर्छ उनले सुझाइन । नेपालको मार्केट सानो छ, यहाँ मार्केट बढाउन घटाउनमा ठूला लगानीकर्ताको हात हुने गरेको समेत बताईन् ।

नेप्सेको इन्डेक्स हेरेर मात्र सेयर खरिद बिक्री गर्न नहुने

श्वेता सेक्युरिटीजमै भेटिईन पूर्व शिक्षिका सन्ध्या रायमाझी, बसुन्धरा निबासी रायमाझी पनि दैनिक जसो सेयर कारोबार स्थल आउने गर्छिन् । बजार खुलेको दिन बजार आएन भने खानै रुच्दैन उनले हाँस्दै भनिन् । बच्चाहरु ठूला भईसके घरमा खासै काम नहुने, त्यसैले खाली बस्नु भन्दा सेयर मार्केटमा लगानी गर्नु उचित ठानेर सेयरबजारमा लगानी गर्ने गरेको उनले बताईन् ।

मंगलबार बजार घटेको कारण दर्साउदै रायमाझीले भनिन् अर्थ सचिवको भनाईले बजार घट्यो । सेयर धितो कर्जामा कडाईले बजार घटेको हो । उनले भनिन् । सोमबार मात्रै पदबहालि गरेका अर्थ सचिव खनालले पूँजी बजारको नियमन कडाई गर्ने र यस क्षेत्रको लगानी उत्पादन मुलुक नहुने आसयको भनाई राखेका थिए ।

ठूला लगानीकर्ता र सीमित ब्रोकरहरु मिलेर पूँजी बजारमा घटबढ गराउने गरेको पनि उनको आरोप छ । श्वेतपत्रको निहूँमा बजारमा चलखेल गरिएको रायमाझीको बुझाई छ । देशको राजनीतीक अवस्थाले पनि सेयर मार्केट बढनु र घटुनुमा ठूलो भुमिका हुन्छ । उनले भनिन् ।

सेयर कहिले घट्छ कहिले बढ्छ नेप्सेको इन्डेक्स हेरेर मात्र सेयर खरिद बिक्री गर्न नहुने उनको सुझाब छ । स्क्रिन हेरेर मात्र लगानी गर्दा घाटा पनि बेहोर्नुपर्ने हुन्छ यसलै कम्पनीहरुको वित्तीय अवस्था अध्ययन गरेर लगानी गर्नुपर्ने फमुर्ला बताइन् ।

मार्जिन धेरै नराखी सेयर बेचेमा पनि धेरै फाइदा गर्न सकिन्छ

श्वेता सेक्युरिटीजमै भेटिइन अधिवक्ता गोमा गिरी । मैतीदेवीमा बस्ने गिरीले सेयर बजार एक प्रकारको जुवा नै भएको बताईन । ठूला लगानीकर्ताहरुले आफूले किन्ने समयमा मार्केट घटाउने र बेच्ने समयमा बढाउने गरेको उनको तर्क छ ।

धेरै कम्पनीको सेयर एकैपटक किन्ने भन्दा थोरै कम्पनीहरुको सेयर खरिद गर्ने गिरीको फमुर्ला छ । धेरै कम्पनीको सेयर किन्नु भन्दा थोरै कम्पनीको धेरै किनेको राम्रो किनकी मार्जिन धेरै नराखी सेयर बेचेमा पनि धेरै फाइदा गर्न सकिन्छ, उनले भनिन । अहिलो बजार घट्नुको कारण आईपिओ, एफपिओ लिलामी, हकप्रद जस्ता बिभिन्न किसिमका सेयरको आपूर्ति बढेको उनको भनाई छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।