नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत रहने एडीबीको प्रक्षेपण

Apr 11, 2018 Merolagani

एसियाली विकास बैंक(एडीबी) ले सन् २०१८ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत रहने अनुमान गरेको छ। एडीबीले वुधबार एशियन आउटलुक २०१८ सार्वजनिक गर्दै उक्त प्रक्षेपण सार्वजनिक गरेको हो । जुन गतबर्षको भन्दा दुई प्रतिशत कम हो ।

यसअघि एडीबीले ६ महिनाको समीक्षा गर्दै नेपालको आर्थिक बृद्धिदर ४.७ प्रतिशत रहने अनुमान गरेको थियो । सन् २०१९ मा भने नेपालको आर्थिक वृद्धिदर ५.५ प्रतिशत रहने अनुमान एडीबीको छ ।

सरकारले चालु आर्थिक बर्षमा ७.२ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य लिएको थियो । तर त्यसलाई मध्यावधि समिक्षामार्फत घटाएर ६ प्रतिशत रहने अनुमान गरेको छ । एडीबीले अर्थ मन्त्रालयले मध्यावधि समीक्षा मार्फत तय गरेको भन्दा एक प्रतिशत बढीले कम आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको हो ।

तराइको बाढीले कृषि क्षेत्रमा असर गरेको र औद्योगीक क्षेत्रले बिजुली नपाउँदा नयाँ उत्पादन र नयाँ लगानी बढ्न नसकेका कारण आर्थिक वृद्धि सरकारी लक्ष्यभन्दा निकै कम हुने एडीबीको भनाई छ ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।