लक्ष्मी बैंकको क्यासब्याक अफर, नयाँ खातामा नि:शुल्क इ-बैंकिङ्ग

Apr 16, 2018 Merolagani

लक्ष्मी बैंक (LBL) ले नयाँ बर्षको अवसरमा भिजा कार्ड प्रयोगकर्तालाई क्यासब्याक अफर तथा नयाँ खाता प्रयोगकर्तालाई निशुल्क इ बैंकिङ्ग उपलब्ध गराउने भएको छ । अफर अन्तर्गत ग्राहकले १० प्रतिशत सम्म नगद फिर्ता भुक्तानी वा एक हजार रुपैयाँसम्मको निशुल्क इ-बैंकिङ्ग सेवा प्राप्त गर्नेछन् ।

क्यासब्याक अफर अन्तर्गत लक्ष्मी बैंकको भिजा कार्ड प्रयोगकर्ताले नेपाल तथा भारतमा कार्ड मार्फत अनलाइन पिओएस प्रयोगबाट भुक्तानी गरिएको खरिदमा १० प्रतिशत वा बढीमा एक हजार रुपैयाँसम्म फिर्ता हुने बताइएको छ ।

लक्ष्मी बैंकले यस्तो अफर १५ अप्रिल २०१८ देखि १५ मे २०१८ सम्म कम्तीमा ३ पटक सम्म कार्ड प्रयोग गर्ने ग्राहकहरुले यो सुबिधा प्राप्त गर्न सक्ने जनाएको छ ।

यसका साथै बैकले यस अवधि भर खोलिने नयाँ खाताहरुमा इ बैंकिङ्ग प्याकेज अन्तर्गत एक हजार रुपैयाँसम्मको बैकिङ्ग सेवाहरु जस्तै भिजा डेबिट कार्ड, मोबाइल मनि र इन्टरनेट बैकिङ्ग सेवा निशुल्क उपलब्ध गराइ रहेको ब्यहोरा समेत जानकारी गराईन्छ ।

उल्लेखित सुबिधाले ग्राहकलाई सहुलियत दिनुका साथै नगद रहित डिजिटल पेमेन्टलाई प्रवद्र्धन गर्न सहयोग पुग्ने बैकले बिश्वास लिएको छ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।