यसकारण बढ्यो लगानीकर्ताको चिलिमेमा आकर्षण

Apr 19, 2018 Merolagani

सेयर बजारमा बिहीबार चिलिमे जलविद्युत्त कम्पनी (CHCL) सबैभन्दा बढी कारोबार हुने कम्पनीमा परेको छ । कम्पनीको ४९ हजार ५४ कित्ता सेयर ४ करोड २३ लाख रुपैयाँ बराबरमा खरिद बिक्री भएको छ ।

यसअघि समान्य कारोबार हुँदै आएको कम्पनीको विहीबार ठूलो उप-समूहमा कारोबार भएका बाणिज्य बैंक र बीमा कम्पनीभन्दा धेरै कारोबार हुनुले लगानीकर्तामा यस कम्पनीमा तानिएका देखिन्छन् । 

चिलिमे जलविद्युत्तले विद्युत्त विकास विभागमा २३५ मेगावाट बराबरको दुई जलविद्युत आयोजनाको सर्वेक्षण मागेसँगै लगानीकर्ताको आकर्षण कम्पनीको सेयरमा विहीबार थपिएको हो । कम्पनीले गोरखाको गुम्दा र केरौजा आयोजनाको बुढीगण्डकी क जलविद्युत आयोजनाको सर्वेक्षणको अनुमति मागेको थियो ।

 

चिलिमेले १३० मेगावाट र उसको सहायक कम्पनी साञ्जेन जलविद्युत कम्पनीले १०५ मेगावाट जलविद्युत आयोजनाको सर्वेक्षण माग गर्दे विद्युत विकास विभागमा निवेदन दिएका थिए ।

 

चिलिमेले यस अघि नै ४२० मेगावाटको बुढीगण्डकी प्रोक र १६५ मेगावाटको सेतीनदी ३ तथा गोरखामा ६० मेगावाटको चुनचेट सयरखोला जलविद्ययुत आयोजना, को सर्वेक्षण अनुमति पाइसकेको छ ।

कम्पनीले रसुवागढी जलविद्युतबाट १११, साञ्जेनबाट ५७ र मध्यभोटेकोशीबाट १०२ मेगावाट सहित २७० मेगावाटका आयोजना निर्माण गरिरहेको छ । सबै निमार्ण गरिसक्दा चिलिमेले एक हजार ७० मेगावाटको आयोजनामा बनाउनेछ ।

चिलिमे जलविद्युत कम्पनी, स्वदेशी लगानी रहेको आयोजना २२ मेगावाट क्षमता भएको आयोजना २३ बर्ष पहिले स्थापना भएको सफल विद्युत उत्पादन गृह हो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।