चार बाणिज्य बैंकको तेस्रो त्रैमास: यस्तो छ तुलनात्मक अवस्था

Apr 20, 2018 Merolagani

शुक्रबारसम्म एनआईसी एशिया, एभरेष्ट, सिटिजन्स् र सिद्धार्थ बैंकले चालू अावकाे तेस्रो त्रैमासिक प्रतिवेदन सार्वजनिक गरेका छन् । आठ अर्ब चुक्ता पूँजी कायम गरिसकेका यी चार बैंकमध्ये एभरेष्ट बैंकको वित्तीय विवरण अन्य बैंककाे भन्दा उत्कृष्ट देखिएको छ ।

एभरेष्ट बैक निक्षेप संकलन र कर्जा प्रवाहमा एनआईसी एशिया बैंकभन्दा केही पछाडि रहेको देखा परेपनि बैंकको निक्षेप लागत, आधार व्याजदर निकै कम रहनु निकै राम्रो देखिन्छ । बैंकको बढेको चुक्ता पूँजीको अनुपातमा प्रतिसेयर आम्दानी सन्तुलित देखिएको छ । 

एनआईसी एशियाको १५ रुपैयाँको तुलनामा एभरेष्टको २९ रुपैयाँ झण्डै दोब्बर देखिएको छ । अन्य सूचकहरु जगेडाकोष, खुद नाफा लगायत सबै आम्दानी शिर्षकहरु तीन बैंकभन्दा बढी देखिन्छ । सबै सूचक राम्रो देखिएपनि बैंकको मूल्य आम्दानी अनुपात भने सबैभन्दा बढी देखिन्छ । यसले बैंकको सेयरमूल्य अन्य बैंकको तुलनामा उच्च देखाउँछ ।

चार बैंकमध्ये सिटिजन्स बैंक सबैभन्दा कमजोर देखिन्छ । बैंकको निक्षेप लागत, आधार ब्याजदर र कर्जा निक्षेप अनुपात धेरै देखिन्छ जुन कम हुनु राम्रो हुन्छ । निक्षेप लागत धेरै देखिएपनि बैंकको निक्षेप र कर्जा परिचालन दुबै तीन बैंकभन्दा कम छ । त्यस्तै जगेडा कोष, प्रतिसेयर आम्दानी र नेटवर्थ पनि कमजोर नै देखिन्छ । यद्यपी बैंकको खुद नाफामा भने एनआईसी एशियाको भन्दा ८ करोड बढी कमाएको छ ।

सिद्धार्थ बैंक चार बैंकमध्ये मध्यम देखा परेको छ । बैंकको प्रतिसेयर आम्दानी एभरेष्ट बैंकभन्दा कम र अन्य दुई बैंकभन्दा बढी देखिन्छ । निक्षेप संकलन र कर्जा परिचालनका आधारमा सिटिजन्स् बैंकभन्दा अगाडि छ र खुद नाफामा एनआईसी र सिटिजन्स् बैंकभन्दा माथि छ । यद्यपि कर्जा निक्षेप अनुपात भने अन्य दुई बैंकभन्दा बढी देखिन्छ ।

एनआईसी एशिया बैंकले आकर्षक व्याजदर अफर सार्वजनिक गरेर निक्षेप संकलन बढाएपछि बैंक निक्षेप संकलन र कर्जा विस्तारमा प्रथम बैंक देखा परेको छ । निक्षेप संकलन बढाउँदा बैंकको कर्जा निक्षेप अनुपात पनि ७६ प्रतिशतमा रहेको झरेको छ ।

प्रतिसेयर आम्दानी, खुद नाफा, आधार व्याजदर र निक्षेप संकलनका लागि चर्को व्याज प्रदान गर्दा एनआईसी एशिया बैंकको निक्षेप लागत ७.८४ प्रतिशत देखिन्छ जुन सिटिजन्स बैंकको भन्दा मात्र कम हो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।