राष्ट्र बैंकले एक अर्ब ३३ करोड मुद्दति निक्षेपमा लगानी गर्ने

Apr 26, 2018 merolagani

नेपाल राष्ट्र बैंकले एक अर्ब ३३ करोड ९७ लाख रुपैयाँ विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा एक बर्षे मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ । जसका लागि राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुसँग प्रस्ताव माग गरेको छ ।

राष्ट्र बैंकले आगामी जेठ एक गतेदेखि २०७६ वैशाख ३१ गतेसम्म उक्त रकम मुद्दति निक्षेपमा जम्मा गर्ने जनाएको छ । राष्ट्र बैंकले आफ्नो विभिन्न कोषहरुमा रहेको रकम मुद्दति निक्षेपमा लगानी गर्ने भएको हो । यसले निक्षेप बढाउने दबाबमा रहेका बैंकहरुलाई केही राहात मिल्ने देखिएको छ ।

निक्षेप लिन चाहाने बैंकहरुले आफुले लिन चाहेको रकम र प्रस्तावित व्याजदरसहित बैशाख १९ गते मंगलबार दिउसो ३ बजेसम्म आवेदन दिन सक्ने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले वाणिज्य बैंकहरुमा एक अर्ब ७ करोड १७ लाख, विकास बैंकहरुमा २० करोड १० लाख तथा फाइनान्स कम्पनीहरुमा ६ करोड ७० लाख लगानी गर्ने भएको हो ।

राष्ट्र बैंकले रकम लिनका लागि आवेदन पेस गर्ने बैंक तथा वित्तीय संस्थाका लागि मापदण्ड समेत तोकेको छ ।

कम्पनी सञ्चालनमा आएको कम्तिमा २ वर्ष पुरा भएको, बैंकबाट तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा कुल कर्जा सापटको ५ प्रतिशत भन्दा कम भएको, खूद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत भएको हुनुपर्ने राष्ट्र बैंकले शर्त राखेको छ ।

त्यसैगरी, कर्जारस्वदेशी निक्षेप र प्राथमिक पूँजी अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमाभित्र रहेको, निकटतम अघिल्लो आर्थिक वर्षमा बैंक सञ्चालन मुनाफामा रहेको, रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमाभन्दा बढी नभएको, शीघ्र सुधारात्मक कारबाहीमा परेको भए फुकुवा भएको कम्तीमा ६ महिना पुरा भएको, बैंक तथा वित्तिय संस्था कारबाहीमा परी समस्याग्रस्त घोषणा नभएको, सर्वसाधारणको लागि छुट्टाइएको शेयर जारी गरीसकेको हुनुपर्नेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।