अल्पकालीन कारोबारीको चंगुलमा सेयरबजार, जस्तो वृद्धि उस्तै गिरावट

Apr 26, 2018 merolagani

गत चैत महिनाको अन्तिम साता र वैशाख महिनाको पहिलो दुई साताको सेयर कारोबार नियाल्दा सेयरबजार अल्पकालीन कारोबारीको इसारामा चलेको तथ्याङ्कहरुले नै देखाएको छ । बजारमा अनेक प्रकारका हल्लाहरु फिँजाएर अल्पकालीन कारोबारी सक्रिय हुँदा बजारमा तिब्र उतार-चढाव देखिएको छ ।

गत चैत्रको २८ गते देखि निरन्तर बढेको बजार आठ दिनको अवधिमा १६५ ले बढेर १४३८ अंकसम्म पुग्यो र त्यसपछि निरन्तर ओरालो लागेको बजारमा चार दिनैमा ८१ अंकको गिरावट देखिएको छ ।

 

तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित हुँदै गर्दा वित्तीय विवरणको सम्भावित हवला दिँदै बजार बढाउन सक्रिय अल्पकालीन कारोबार हाबी भएपछि बजार निरन्तर बढ्न पुग्यो । सोही क्रममा नयाँ लगानीकर्ताहरु प्रवेश गर्दा कारोबार रकमले समेत साथ दियो ।

वैशाख लागेपछिको चार कारोबार दिन एकैदिन अर्ब कारोबार हुनुले पनि यसलाई पुष्टि गर्छ । बजार बढ्ने आशमा यसबीचमा थुप्रै नयाँ लगानीकर्ता बजार पसेको अनुमान गर्न सकिन्छ ।

पुँजी बजारलाई प्रत्यक्ष प्रभाव पार्ने बैंक ब्याजदर, तरलता वा राजनीतिक घटना क्रमहरुमा खासै केही उल्लेखनीयरु परिवर्तन भएको छैन । बजारलाई निराश पार्ने खालका खबरहरु केही नहुँदा पनि बजार घट्नु कारोबारीहरुकै चलखेल भएको लगानीकर्ता वेदनाथ घिमिरेको बुझाई छ ।

बजार घट्दा सस्तो सेयर उठाएका कारोबारीहरु साता दिन नपुग्दै नाफा सुरक्षित गर्न धमाधम सेयर बिक्री गर्नतर्फ लागेपछि सेयरको माग भन्दा आपूर्ति बढेपछि निरन्तर बजारमा गिरावट हुने क्रम देखियो । बजार फेरि घट्न थालेपछि सेयर किन्नेहरुको समेत कमी भएपछि कारोबार रकममा समेत निरन्तर गिरावट आउन थालेको छ । गत सोमबार डेढ अर्बसम्मको कारोबार भएको बजारमा फेरि कारोबार रकम ह्वात्तै घट्न थालेको देखिन्छ ।

अल्पकालीन सेयर कारोबारीहरुले सेयर बेचीसकेपछि बजार छिर्ने अर्को बिन्दु खोज्न बजारमा अनेका हल्ला र भ्रमहरु छर्ने क्रम फेरि सुरु हुनेछ । बजार केही घटेपछि बजार छिरेर फेरि हल्ला मच्चाउने र बजार बढाएर सेयर बेच्ने ध्याउन्नमा उनीहरु लागेको प्रष्ट बुझिन्छ ।

बिहीबार नेप्से २९.२५ अंकले घटेर १३५७.२२ अंकमा झरेको छ । यसदिन १५९ कम्पनीका १३ लाख ३८ हजार कित्ता सेयर ६३ करोड बराबरमा किनबेच भए । अघिल्लो दिनको तुलनामा कारोबार रकम ७ करोड बढी हो । राष्ट्रिय बीमा कम्पनी, सिद्धार्थ बैंक र नेपाल लाइफको संस्थापक सेयरको कारोबारले कारोबार रकम बढाएको हो । तीन कम्पनीको ६ करोड ५६ लाखको सेयर किनबेच भयो । 

बजारमा कारोबारमा आएका सबै नौ समूहका सूचक झरेका छन् । सबैभन्दा बढी बीमा समूको सूचक तीन प्रतिशतले झरेको छ । जदविद्युत, होटल, लघुवित्त र विकास बैंक समूह दुई प्रतिशत बढीले ओरालो लागेका छन् ।

बिहीबारको बजारमा राष्ट्रिय बीमा कम्पनी संस्थापक सेयर सबैभन्दा धेरै २ करोड ८५ लाखको कारोबार भयो । नेपाल बैंकको पनि दुई करोड बढीको सेयर किनबेच हुँदा अन्य कुनै कम्पनीको कारोबार रकम दुई करोड नाघेन ।

यसदिन सबैभन्दा धेरै स्वदेशी लघुवित्तको सेयरमूल्य ६ प्रतिशतले बढ्यो भने मिर्मिरे फाइनान्सका लगानीकर्ताले ५ प्रतिशतका दरले कमाए । नयाँ नेपाल लघुवित्त, ग्लोबल आइएमई लघुवित्त र बोटलर्स नेपालका लगानीकर्ताले सबैभन्दा धेरै सात प्रतिशतका दरले गुमाए ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।