सबैलाई सन्तुलन हुने बजेट आउँछ: अर्थमन्त्री खतिवडा

Apr 26, 2018 merolagani

दोहोरो कर नीतिको अन्त्य हुने 

मधेशी, दलित, जनजाति, व्यापारी, कृषक, पेशाकर्मीलगायत सबैलाई सन्तुलन हुने किसिमको नयाँ बजेट आउने अर्थमन्त्री डा युवराज खतिवडाले बताएका छन ।नेपाल व्यवस्थापन संघले काठमाडौँमा आयोजना गरेको आगामी २०७५÷७६ को पूर्व बजेट छलफल कार्यक्रममा अर्थमन्त्रीले सो कुरा बताएका हुन ।

“स्रोतको व्यवस्थापन र उत्पादक क्षेत्रको लगानीलाई बजेटले समेट्नेछ”, मन्त्री खतिवडाले भने, “विगतको बजेटले धान्नै नसक्ने आयोजनालाई समेटेकाले नै बजेटको व्यवस्थापन हुन नसकेको हो।”

अबको बजेटमा दोहोरो कर नीतिको अन्त्य हुने जानकारी दिंदै उनले व्यवसायीलाई लगानी गर्ने वातावरण बजेटबाट खुल्ला गरिने बताए ।

कार्यक्रममा विभिन्न व्यवसायीले नेपालमा उद्योग सञ्चालन गर्ने वातावरण नरहेको टिप्पणी गर्दै उपकरणका मूल्य नियन्त्रण गर्नुपर्ने धारणा व्यक्त गरेका थिए ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।