नेपाल बैंकले एफपिओ बिक्रीको प्रक्रिया थाल्यो, एक करोड ७६ लाख कित्ता आउने

Apr 29, 2018 Merolagani



नेपाल बैंक (NBL) ले एफपिओ निष्काशनको प्रक्रिया अगाडि बढाएको छ । बैंकले  एक करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपिओ निष्काशन गर्ने भएको छ ।

एफपिओ निष्कासनका लागि बैंकले सिद्धार्थ क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक नियुक्त गरेको छ । सम्झौंतापत्रमा बैकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप शाह र सिद्धार्थ क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ध्रुव तिमिल्सिनाले हस्ताक्षर गरे ।

बैंकले प्रिमियम मूल्यमा उक्त सेयर निष्कासन गर्नेछ । मूल्य भने तय भईसकेको छैन । गत माघ २३ गते बसेको बैंक संचालक समितिको बैठकले उक्त प्रस्ताव गरेको थियो भने फागुन २५ गते सम्पन्न ५८ औं वार्षिक साधारणसभाले एफपिओ निष्काशनको प्रस्ताव पारित गरेको थियो ।

हाल बैंकमा सरकारको सेयर स्वामित्व ६२ प्रतिशत छ । एफपिओ जारी गरि नेपाल सरकारको स्वामित्व ५१ प्रतिशत कायम हुनेछ । सरकारको सेयर विनिवेश गर्दा प्रकृया झण्झटिलो हुने भएकाले एफपिओ मार्फत सरकारको सेयर स्वामित्व घटाउन लागिएको हो ।




धितोपत्र बजारकाे ‘कालो कर्तुत‘काे पर्दाफास: बोर्डले तयार पारेको दुईवटा जाँचबुझ प्रतिवेदनहरूमा के छ ?

Apr 21, 2026 07:47 PM

नेपालको धितोपत्र बजारमा सर्वसाधारण लगानीकर्ताको पसिनाको कमाइमाथि कसरी ‘कलोनी’ खडा गरिएको छ भन्ने तथ्य बोर्डको गोप्य प्रतिवेदनले प्रमाणित गरेको छ।