ग्राहक पहिचान विवरण नविकरण नगर्नेले सेयर कारोबार गर्न नपाउने

May 04, 2018 merolagani

नेपाल धितोपत्र बोर्डले ग्राहक पहिचान विवरण (KYC) नविकरण नगराउने लगानीकर्तालाई सेयर कारोबारमा संलग्न नगराउन सेयर दलाल व्यवसायीलाई निर्देशन दिएको छ । बोर्डले वैशाख मसान्तभित्रमा ग्राहक पहिचान विवरण नविकरण नगराउने ग्राहकलाई सेयर कारोबारमा संलग्न नगराउन भनेको हो ।

बोर्डको निर्देशन भन्दै सेयर दलाल व्यवसायीहरुले आफ्ना ग्राहकहरुलाई ग्राहक पहिचान विवरण नविकरण गर्न आग्रह गरेका छन् । यसै क्रममा आर्यतारा सेक्युरिटज प्रालीले सक्कली नागरिकता सहित आफ्नो कारोबार खाता नविकरण गराउन लगानीकर्तालाई आग्रह गरेको छ ।

आर्यताराका प्रबन्धक गुणनिधि भुषालले बोर्डको निर्देशन अनुसार ग्राहक पहिचान विवरण नविकरण गराउने काम भइरहेको जानकारी दिए । बोर्डले दिएको समय सीमा नजिकिएकाले लगानीकर्ताललार्इ पुन: सू-सूचित गरिएको मात्र हो । सबै सेयर दलाल व्यवसायले नविकरणको काम गरिरहनु भएको छ । यसअनुसार धेरैजसो लगानीकर्ताले नविकरण गराईसकेको छन् ।

धितोपत्र बोर्डले धितोपत्र बजारमा कालोधन भित्रिन नदिन ’सम्पत्ति शुद्धीकरण तथा आतङ्गवादी क्रियाकलापमा वित्तीय लगानी निवारण निर्दे्शिका’ लाई थप सृद्धढ बनाई गत बैशाख १ गतेदेखि लागू गरेको थियो । जसमा सूचक संस्थाले जोखिमको आधारमा आफूसँग कारोबार गरिरहेका तथा गर्ने ग्राहकको पहिचान सम्बन्धी सूचना तथा विवरण राख्ने व्यवस्था गरिएको छ ।

सोही व्यवस्था अनुसार बोर्डले बैशाख मसान्तभित्र ग्राहकहरुको पहिचान विवरण (केवाईसी) नविकरण गराउन निर्देशन दिएको बोर्डका सहायक-प्रवक्ता निरन्जय घिमिरेले बताए । हामीले कारोबार नै रोक्न चाहि भनेका छैनौ, वैशाख महिनाभरि ग्राहक पहिचान विवरण नविकरण गराउन भनेका छौ । घिमिरेले भने ।

कारोबार खाता नविकरण गराउन नागरिकताको प्रतिलिपि, एक थान फोटो, आफ्नो खाता रहेको बैंकको नाम र नम्बर, प्यान कार्डको प्रतिलिपी, कर्मचारी भएमा कर्मचारी परिचयपत्रको प्रतिलिपी र नावालकको हकमा संरक्षक तथा नावालक दुवैको फोटो, नावालकको जन्मदर्ता र संरक्षकको नागरिकताको प्रतिलिपी लिएर आफुले कारोबार गर्ने सेयर दलाल व्यवासयीकोमा जानुपर्नेछ ।

 

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

 

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।