सेयरमा भ्याटको कुरा पेचिलो भयो, - प्रियराज रेग्मी

May 09, 2018 Merolagani

नेपाल स्टक ब्रोकर एशोसिएसनका अध्यक्ष प्रियराज रेग्मीले सेयर कारोबारमा लगाइने भनिँदै आएको भ्याटको विषय पेचिलो भएको बताएका छन् । 

  महालेखाले ब्रोकरहरुका नाममा भ्याटलाई बेरुजुबाट बक्यौतामा परिवर्तन गरिसकेको भन्दै उनले यसमा उचित कदम चाल्न सरकारको ध्यानाकर्षण गरेका छन् ।

क्यापिटल एक्स्पोमा एशोसिएसनका अध्यक्ष रेग्मीले भ्याटको विषयले बजारमा नकरात्मक असर पर्ने बताएका हुन् । उनले सेयर दलाल व्यवसायीको आयकरको दायरा बढाउन सुझाव समेत दिएका छन् । यसलाई आगामी बजेटमा सम्बोधन गर्न सुझाव दिइएको स्मरण गर्दै उनले सम्बोधन हुने अपेक्षा गरे ।

साथै उनले कम्पनीहरुको आधार मूल्य निर्धारण गर्ने प्रणाली समयानुकुल नहुँदा समस्या उत्पन्न भएको भन्दै सम्बद्ध पक्षको ध्यानाकर्षण गराएका छन् । वैज्ञानिक रुपमा कम्पनीहरुको आधार मूल्य निर्धारण गर्ने नीतिगत व्यवस्था गर्न पनि उनले माग गरेका छन् ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।