सेयरमा भ्याटको कुरा पेचिलो भयो, - प्रियराज रेग्मी

May 09, 2018 Merolagani



नेपाल स्टक ब्रोकर एशोसिएसनका अध्यक्ष प्रियराज रेग्मीले सेयर कारोबारमा लगाइने भनिँदै आएको भ्याटको विषय पेचिलो भएको बताएका छन् । 

  महालेखाले ब्रोकरहरुका नाममा भ्याटलाई बेरुजुबाट बक्यौतामा परिवर्तन गरिसकेको भन्दै उनले यसमा उचित कदम चाल्न सरकारको ध्यानाकर्षण गरेका छन् ।

क्यापिटल एक्स्पोमा एशोसिएसनका अध्यक्ष रेग्मीले भ्याटको विषयले बजारमा नकरात्मक असर पर्ने बताएका हुन् । उनले सेयर दलाल व्यवसायीको आयकरको दायरा बढाउन सुझाव समेत दिएका छन् । यसलाई आगामी बजेटमा सम्बोधन गर्न सुझाव दिइएको स्मरण गर्दै उनले सम्बोधन हुने अपेक्षा गरे ।

साथै उनले कम्पनीहरुको आधार मूल्य निर्धारण गर्ने प्रणाली समयानुकुल नहुँदा समस्या उत्पन्न भएको भन्दै सम्बद्ध पक्षको ध्यानाकर्षण गराएका छन् । वैज्ञानिक रुपमा कम्पनीहरुको आधार मूल्य निर्धारण गर्ने नीतिगत व्यवस्था गर्न पनि उनले माग गरेका छन् ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।