समयमै सूचना नदिएको गुनासो गर्दे केवाईसी भर्दे लगानीकर्ता !

May 16, 2018 merolagani

सुधा देवकोटा

नेपाल धितोपत्र बोर्डको निर्देशनमा सेयर दलाल व्यवसायीले व्यक्तिगत विवरण नविकरण नगराउने लगानीकर्तालाई सेयर कारोबारमा बन्देज लगाएपछि ब्रोकर कार्यालयमा केवाइसी अपडेट गर्ने लगानीकर्ताहरु बढ्न थालेका छन् । 

नियामक निकाय र ब्रोकरहरुले समयमै आफुहरुलाई  जानकारी नदिदा कारोबार गर्न बञ्चित हुनुपर्ने अवस्था आएको भन्दै लगानीकर्ता आक्रोशीत देखिएका छन् ।

सरला प्रधान: हामी आफ्नो व्यक्तिगत रकम लगानी गर्ने हो । सासु ससुराको सम्पूर्ण परिवारको विवरण दिनुपर्ने । अनावश्यक झन्झट, फारम भर्न त गाह्रो भएको होईन तर पैसा र समयको नास हो । कुनै कुराको दिगो छैन यो विवरण पनि कुन कुनामा राख्ने हो ? त्यसैले अनावश्यक लाग्यो ।

अर्जुन श्रेष्ठ: केवाईसी लागु गर्नु सकारात्मक कुरा हो । तर एकै चोटी लगानी कर्ताको कारोबार नै बन्द गर्नु चाँही राम्रो लागेन । १५ बर्ष देखि कारोबार गर्ने र तीन महिना अघिदेखि कारोबार गर्न थालेका लगानीकर्ताले केवाईसी अपडेट गनुपर्ने सबैलाई एउटै तराजुमा राख्न नहुने थियो ।

लगातार कारोबार गर्नेहरुको व्यक्तिगत विवरण ब्रोकर सँग छदैछ, धितोपत्र बोर्डमा पनि छ । यदि बोर्डले चाहेमा सजिलै जानकारी पाउन सक्छन् तर कहिलेकाही लगानी गर्ने व्यक्तिहरुको बारेमा जानकारी राख्नु राम्रो हो ।

 

बिक्रम राज पाण्डे (प्रोफेसर पशुपति क्याम्पस): केवाईसी भन्नाले सामान्य मानिसलाई आकास खसे जस्तो भएको छ । सेयर भर्ने भन्ने थाहा भयो तर उनिहरुलाई कहाँ गएर बिक्री गर्ने भन्ने बारेमा अझै पनि अप्ठेरो नै छ । त्यस्ता लगानीकर्ताले त बुझेका छैनन् । हामी सधै कारोबार गर्नेहरुलाई त थाहा भएन उपत्यका भन्दा बाहिरका लगानीकर्ताहरुमा यसको बारेमा जानकारी कसरीहोस् । धितोपत्र बोर्डले जानकारी मुलक कार्यक्रम बिना नै कारोबार रोक्का गर्न नहुने थियो ।

नाम भन्न नचाहाने व्यक्तिः केवाईसी चाहिन्छ आवश्यकता थियो । यो पहिलेनै लागु हुनु पर्ने थियो । लगानीकर्ताको ट्रन्सपरेन्सि हुन्छ । सरकारले पनि कस्तो किसिमको लगानीकर्ताले पूँजी बजारमा लगानी गरेका छन् लगानी गर्ने पैसा कँहा बाट आएको छ त्यस्तो कुराको स्पष्ट हुन्छ ।

कहिले काँही ब्रोकरहरुले स्रोत बिनाको ठूलो रकम ल्याएर बजार बढाउने घटाउने कार्य गर्ने गरेको सुन्नमा आउछ त्यस्तो गतिबिधिको कमि हुने र लगानी पनि पारदर्शी हुन्छ, सेयरबजारमा कालो धन भित्रन पाउदैन । बोर्डको कदम सहि छ ।

सुमना शाक्य: केवाईसी भनेको के हो भन्ने थाहा छैन तर फारम पहिलेनै बुझाएको थिए । इमेल नभएको भन्दै कारोबार रोक्का गरियो मैले केही बुझिन ।

बिन्दु थापा बाग्लुङः बैंक, निक्षेप सदस्य र ब्रोकर सबै ठाँउमा केवाईसी फारम बुझाउनु पर्ने व्यवस्था झन्झटीलो छ । एकै ठाँउबाट अपडेट गर्ने व्यवस्था भएको भए लगानीकर्तालाई सहज हुन्थ्थो । यसमा बोर्डको ध्यान पुगेको देखिएन ।

अनारत्न तुलाधुरः व्यक्तिगत विवरण राख्नु राम्रो हो । कालो धनलाई पहिचान गर्न सजिलो हुने भएकोले राम्रो लाग्यो । धितोपत्र बोर्डले दिएको समय अवधि कम भयो । लगानीकर्ताहरु अन्य व्यवसाय संलग्न हुने भएकाले केवाईसी फारम भर्न ढिलाई भएको हुनसक्छ ।

जयन्द्रमान सिंह बानियाः नेपालमा कुनै कुरा नयाँ आउदा यो भएन त्यो भएन भन्ने प्रबिधि नराम्रो भएको र केवाईसी अपडेट गर्न पर्ने यो त पहिले नै लागू गर्नुपर्ने थियो ।

सुभोत भट्टराई: बैशाखभित्र व्यक्तिगत विबरण नराखेमा कारोबार रोक्का गर्ने भन्ने सूचना नदिदै कारोबार रोक्का गरेकोमा नराम्रो लाग्यो । यो अनिवार्य छ भन्ने कुराको जानकारी नभएको बताउछन् । केवाइसीको आवश्यकताको बारेमा धितोपत्र बोर्डले प्रचारप्रसार गरेन ।

सबिन बर्जचार्य: केवाइसी अपडेट गर्नु राम्रो हो तर परिवारको एक जनाको विवरण राखे पछि अन्य सबै परिवारको विवरण राख्नु पर्ने नाता प्रमाणित हुँदा हुदै पनि व्यक्ति स्वयम आउनु पर्ने कुरा झन्झटीले भयो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।