अनलाइन कारोबार : सेयर किन्नुस् - पैसा घट्छ सेयर बढ्छ , बेच्नुस् -सेयर घट्छ पैसा बढ्छ

May 20, 2018 Merolagani

नेपाल स्टक एक्सचेञ्जले बजारलाई आधुनिक बनाउने क्रममा यसै महिनाबाट पूर्ण अनलार्इन कारोबार प्रणाली कार्यान्वयनमा ल्याउने भएको छ । अनलार्इन प्रणाली विकास गरिरहेको वाईको प्रालिले आगामी साता नेप्सेलाई अनलार्इन प्रणाली हस्तान्तरण गरेपछि नेप्सेले दलाल मार्फत यसको परीक्षण सुरु गर्नेछ । 

प्रणाली निर्माता वाइको प्रलिसँग भएको सम्झौता अनुसार १४ महिनामा प्रणालीको विकास भई नेप्सेले औपचारिक रुपमा ग्रहण गर्न बाँकी छ । यही जेठ १८ गते सम्झौताको १४ महिना अवधि पुरा हुँदैछ ।

अनलाइन कारोबार प्रणालीको सफ्टवेयर तयार भएसँगै अहिले नेप्सेले हालको सफ्ट्वेयरमा रहेको डाटालाई नयाँमा माइग्रेट गरिरहेको छ । पुरानो प्रणालीमा रहेको डाटा नयाँ प्रणालीमा स्थानान्तरण सकेर वाईकोबाट औपचारिक रुपमा प्रणाली आफुले लिएपछि नेप्सेले यसको परीक्षण गर्ने भएको हो ।

लगानीकर्तामा अनलाइनको प्रयोग कसरी गर्ने ? अनलाइन हातमा आए पछि के- के सेवा पाइन्छ ?

अहिलेको कारोबार प्रणालीभन्दा अनलाइन कसरी फरक छ लगायतका जिज्ञासा बढ्दै गएको छ ।
अहिले लगानीकर्ताले केन्द्रीय निक्षेप प्रणालीको मेरोसेयर चलाउन पाएका छन् । यसबाट उत्साहित बनेका उनीहरुले अब सेयर दलाल कार्यालय मार्फत अनलाइन प्रणालीको युजर नेम र पासवर्ड पाउने छन् ।

युजर नेम र पासवर्ड पाएपछि इन्टरनेटका माध्यमबाट लगानीकर्ताले सिधै सेयर किनबेच गर्न सक्नेछन् । जसमा एकैदिन सेयर किनेर सोही दिन बिक्री गर्न सकिने बताइएको छ ।

पूर्ण अनलाइन कारोबार प्रणाली मोबाइलमा समेत चलाउन सकिने नेप्सेले जनाएको छ । निकट भविष्यमा नै यो प्रणालीको एप्स बनाएर लगानीकर्तालाई अझ सहज रुपमा सेयर कारोबार गर्ने वातावरण बनाउने नेप्सेको दाबी छ । अहिले भने मोबाइल तथा कम्यूटरमा वेब ब्राउजरबाट लगइन गरेर संसकारको कुनै पनि स्थानबाट सेयर कारोबार गर्न सकिने बताइएको छ । एप्स आएपछि संसारभरीबाट सजिलो गरी मोबाइल एप्सबाट सेयर कारोबार गर्न सकिन्छ ।

सेयर खरिद तथा बिक्री आदेश दिँदा फरक फरक रंगमा विकल्पहरु देखिँदा लगानीकर्तालाई सजिलो हुने नेप्सेले जनाएको छ । समुहगत रुपमा पनि सेयर कारोबार गर्न सकिने यो प्रणालीमा सेयर, बण्ड, म्युचुअल फण्ड, डिबेञ्चर लगायतका विकल्पहरुबाट आफ्नो क्षेत्र छनौट गर्नुपर्ने हुन्छ ।

अनलाइन प्रणालीबाट कारोबार गर्दा लगानीकर्ताले प्राइस लिमिट, मार्केट प्राइस, स्टप लस लगायतका विकल्पको सहयोगमा स्वचालित कारोबार गर्न सक्नेछन् । जसले नोक्सान तथा नाफा ताकेर उक्त विन्दुमा सेयरमूल्य पुगेपछि आफैं सेयर किनबेच हुने व्यवस्था अनलाइनका प्रयोगकर्ताले पाउनेछन् ।

अप्सन मार्केट र ट्रेड ग्यारेन्टी समेत रहेको प्रणालीमा सेयर नभएका तथा पैसा नभएका लगानीकर्ताले पनि मापदण्ड अनुसार सेयर किनबेच गर्न पाउनेछन् । यसका लागि सेयर दलालहरुले अप्सन मार्केटबाट सेयर तथा ट्रेड ग्यारेन्टी फण्डबाट पैसा जुटाएर लगानीकर्तालाई सेयर कारोबारको सेवा दिनेछन् । ग्यारेण्टी फण्डको व्यवस्था भने भैसकेको छैन । प्रणालीमा मात्र यो सुविधा छ ।

अहिले सेयर किनेपछि चेक बुझाउन तथा सेयर बेचेपछि डेबिट इन्स्ट्क्शन स्लिप बुझाउन सेयर दलालकोमा धाउनुपर्ने बाध्यता लगानीकर्तासँग छ । अनलाइन प्रणाली आएपछि लगानीकर्ताको यो बाध्यताको अन्त्य हुनेछ । जहाँ अनलाइनबाट सेयर खरिद गर्दा लगानीकर्ताको बैंक खातामा रहेको पैसा स्वत: घट्नेछ र डिम्याट खातामा सेयर जम्मा हुनेछ ।

त्यसैगरी सेयर बिक्री गर्दा डिम्याट खाताको सेयर स्वत: घटेर बैंक खातामा पैसा जम्मा हुनेछ । उल्लेखित प्रकृया सफ्ट्वेयरमा भएर मात्र नहुने भएकाले अहिले नेप्सेले सम्बद्ध पक्षहरुसँग तिब्र रुपमा छलफल गरिरहेको छ । अहिलेका व्यस्थाहरुमा अनलाइन प्रणालीका लागि आवश्यक कुरा मिलाउन कति समय लाग्छ भन्ने कुरा नेप्सेले बताएको छैन । उसले भनेको छ, 'हामी केही सातामा नै परीक्षणमा गएर सबै कुरा मिलेपछि छिटोभन्दा छिटो प्रणालीमा सबै लगानीकर्तालाई आबद्ध गराउनेछौं ।'

सेयर बिक्री गरे पछि लगानीकर्ताले सेयर दलालकोमा अहिले कागजी डिआईएस बुझाउँदै आएका छन् । यो प्रकृयाको विकल्पको काम केन्द्रिय निक्षेप प्रणालीले गरिरहेको छ । इ डिआईएस प्रणालीमा सीडिएससीले काम गरिरहेको छ । उसले यो प्रणालीमा जति सक्दो छिटो काम गर्छ लगानीकर्ताले उति नै छिटो अनलाइन कारोबार प्रयोग गर्न पाउने छन् ।

भिडियोमा हेर्नुहोस्, कसरी प्रयोग गर्नु पर्छ पूर्ण अनलाइन कारोबार प्रणाली ?

प्रस्तुत लिङ्ककाे ४६ मिनेटबाट अनलार्इन डेमाे हेर्न सक्नुहुनेछ । 

 

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।