अनलाइन र मार्जिनको आडमा बजार उचाल्ने बहाना असफल

May 20, 2018 Merolagani



जेठ लागेपछि केवाईसीको बिषयलाई लिएर सुस्ताएको सेयरबजार अनलाइन र मार्जिन कारोबारको आडमा उचाल्न खोजिए पनि असफल साबित भएको छ । आइतबारको बजार स्थिर जस्तो रहदा कारोबारमा आएको सुधारले भने लगानीकर्ता बजार पस्दै गरेको संकेत गरेको छ ।

जेठबाटै अनलाइन कारोबार परीक्षणमा आउने र ब्रोकर मार्फत नै मार्जिन कर्जा पाउने चर्चाले आइतबार कारोबार खुल्नासाथ सेयर बजार उचालिएको थियो । अनलाइन र मार्जिन कारोबारका खबरहरुलाई आधार मानेर पहिलो ३५ मिनेटमै बजार १७ अंकले बढाइएको थियो ।

विहीबार धितोपत्र बोर्डले धितोपत्रका लगानीकर्तालाई ब्रोकर मार्फत मार्जिन कारोबार सुविधा उपलब्ध गराउने कार्यविधि पारित गरेको थियो । त्यस्तै शनिबार नेप्सेले लगानीकर्ताको बीचमा अनलाइन कारोबारको डेमो सार्वजनिक गर्दे जेठ महिनाभित्रै परीक्षणणमा आउने घोषणा गरेको थियो ।

सुस्त गतिमा चलिरहेको सेयरबजारलाई बजारका खेलाडिहरुले उचाल्ने नयाँ नयाँ बहाना खोजिरहँदा यी दुई बिषय भेटेपनि अन्तत उनीहरु असफल साबित भएका छन् । अर्को तर्फ भोलि मात्रै बाम सरकारले आगामी आर्थिक बर्षका लागि नीति तथा कार्यक्रम सार्वजनि गर्ने भएपछि लगानीकर्ता सरकारको कार्यक्रम कस्तो आउँला भन्ने प्रतिक्षामा समेत देखिएका छन् । त्यस्तै सरकारले आगामी साता मात्रै बजेट सार्वजनिक गर्दैछ । लगानीकर्ता बजेटको पर्खाइमा समेत देखिन्छन् ।

यो साताको पहिलो दिन नेप्से ०.४६ अंकले घटेर १३३९.१९ अंकमा रहेको छ । कारोबारमा आएका नौ समूहमध्ये चार समूह मात्र सकारात्मक रहेपछि बजार बढ्न सकेन । यसदिन कुल १५९ कम्पनीको ३४ करोड ८२ लाख बराबरको सेयर कारोबार भयो । कारोबार रकम गत विहीबारको तुलनामा ६ करोड बढी हो ।

यसदिन मिर्मिरे माइक्रोको सबैभन्दा धेरै २ करोड ३६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो । मिर्मिरे माइक्रो फाइनान्सका शेयरधनीले सबैभन्दा धेरै १० प्रतिशतका दरले कमाउँदा सबैभन्दा बढि करिव चार प्रतिशतले गुमाएका छन् ।




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।