दश वर्षभित्र मुलुकलाई मध्यमस्तरमा स्तरोन्नति गर्ने, प्रसारणलाइन र राजमार्ग प्राथमिकतामा

May 21, 2018 Merolagani

सरकारले आगामी दश वर्षभित्र मुलुकलाई मध्यमस्तरको आय भएको देशका रूपमा स्तरोन्नति गर्ने लक्ष्य राखेको छ । संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७५÷७६ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले दोहोरो अंकको आर्थिक वृद्धि सरकारको प्राथमिकतामा भएको बताईन ।

दिगो विकासको लक्ष्य पूरा गर्न सरकारले कृषि,ऊर्जा, उद्योग र पर्यटनलाई आर्थिक विकासका संवाहकका रुपमा अगाडि बढाउने भएको छ ।

सरकारी, निजी तथा सहकारी साझेदारीमा विकासलाई प्रमुख आधारका रुपमा विकास गरिने, उद्योग तथा घरायसी प्रयोगका लागि २४ सै घण्टा विद्युत् सेवा उपलब्ध गराइने र प्रसारण लाइन निर्माणलाई विशेष प्राथमिकता दिएर अगाडि बढाइने सरकारको कार्यक्रममा समावेश छ ।

यस्तै पाँच वर्षभित्र तराईलाई काठमाडौँसँग जोड्ने द्रुत मार्ग तथा मध्यपहाडी राजमार्ग निर्माण गरिने तथा मदन भण्डारी राजमार्ग निर्माणलाई विशेष जोड दिइने छ ।

रसुवागढी– काठमाडौँ– पोखरा– लुम्बिनी रेलमार्ग निर्माण गर्ने कार्यलाई प्रमुख प्राथमिकताका साथ अगाडि बढाइने सरकारको लक्ष्य छ । यस्तै सबै स्थानीय तहसम्म सूचना राजमार्ग विस्तार तथा विकास गरिने र सबै नागरिकलाई राष्ट्रिय परिचयपत्र उपलब्ध गराइने कार्यक्रमसमेत प्रमुख प्राथमिकतामा राखिएको छ ।

त्यसै गरि पाँच बर्षभित्र द्रुतमार्ग,मध्यपहाडी लोकमार्ग,हुलाकी राजमार्गका सबै काम सकेर यातायात सञ्चालनका लागि तयार पारिने नीति तथा कार्यक्रममा उल्लेख छ।मदनभण्डारी राजमार्ग निर्माणलार्इ तीव्रता दिर्इने उल्लेख छ।

सरकारले सडक सञ्जालका साथै आवश्यक परे त्यस्ता ठाँउको पहिचान गर्दै सुरुङमार्ग निर्माण गर्दै लैजाने कार्यक्रममा उल्लेख छ।

comments powered by Disqus