जोशी हाइड्रोपावरको तीन लाख ७१ हजार कित्ता साधारण सेयर खुल्यो

May 22, 2018 Merolagani

जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी (JHDCL) ले जेठ ८ गते मंगलबारदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीबासीका लागि साधारण सेयर खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र इलाम जिल्ला, इलाम नगरपालिका वडा नं १, ३ र ४ का बासिन्दाहरुको लागि तीन लाख ७१ हजार ४०० कित्ता प्राथमिक शेयर निष्काशन गरेको हो।

कम्पनीको सेयर बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ । कम्पनीको आइपिओमा छिटोमा जेठ २२ र ढिलोमा असार ११ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको इक्रा रेटिङ ’इक्रा एनपि आइपिओ ग्रेड ५’ रहेको छ। यस सूचकले कम्पनीको वित्तीय अवस्था सबैभन्दा कमजोर रहेको जनाउँछ।

लगानीकर्ताले इलाम जिल्लामा रहेको सिद्धार्थ बैंक, एक्सेल डेभलपमेन्ट बैंक र कन्काई विकास बैंकमार्फत आवदेन दिन पाउनेछन् । उक्त आइपिओमा न्युनतम ५० देखि अधिकतम १ हजार ८ सय कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरिएको सिद्धार्थ क्यापिटलले जनाएको छ ।

इलामको पुवाखोलामा तीन मेगावाट क्षमताको जलविद्युत आयोजना सञ्चालन गरिरहेको जोशी हाइड्रोपावरले पहिलो चरणमा स्थानीयलाई ३ करोड ७१ लाख ४० हजार रुपैयाँ बराबरको साधारण सेयर निष्काशन गरेको हो । स्थानीयलाई सेयर बाँडफाँड गरेपश्चात सर्वसाधारणका लागि दोस्रो चरणमा आईपिओ निष्काशन गर्ने कम्पनीले जनाएको छ ।

पहिलो आयोजनाको रुपमा ३ मेगावाटको अपर पुवा १ आयोजना सञ्चालनमा रहेको कम्पनीले २०७१ माघ १ गतेबाट उक्त आयोजनाबाट व्यवसायिक रुपमा विद्युत उत्पादन गर्दै आएको छ ।
आयोजना बनाउन ५५ करोड ३५ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । कम्पनीको जारीपूँजी ३७ करोड १४ लाख रुपैयाँ छ ।

कम्पनीमा संस्थापकको ५१ र ४९ प्रतिशत सर्वसाधारणको लगानी हुनेछ । स्थानीयलाई १० प्रतिशत आइपिओ बिक्री गरेपछि सर्वसाधारणलाई ३९ प्रतिशत आइपिओ निष्कासन गर्ने कम्पनीले जनाएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।