राष्ट्र बैंकले मुद्धती निक्षेपमा ७७ करोड लगानी गर्ने, प्रस्ताव माग

May 27, 2018 Merolagani

नेपाल राष्ट्र बैंकले विभिन्न कोषमा रहेको रकम बैंक तथा वित्तीय संस्थामा मुद्धती निक्षेप राख्ने भएको छ । केन्द्रीय बैंकले एक वर्षे मुद्धतीमा ७६ करोड ७१ लाख रुपैयाँ लगानी गर्ने बताउँदै निक्षेप राख्न चाहाने वाणिज्य बैंक तथा वितिय संस्थाहरु सँग प्रस्ताव माग गरेको छ ।

निक्षेप संकलन गर्न 'क' वर्गका बाणिज्य बैंक, 'ख' वर्गका राष्ट्रिय स्तरका विकास बैंक र राष्ट्रिय स्तरको 'ग' वर्गका वित्त कम्पनीहरुले प्रस्ताव पेश गर्न सक्नेछन् । निक्षेप लिन चाहाने वित्तीय संस्थाहरुले लिन चाहेको रकम र प्रस्तावित व्याजदर सहित जेठ १५ गते ३ बजेसम्म शिलबन्दी दरभाउपत्र बुझाउनु पर्ने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले ६१ करोड ३७ लाख रुपैयाँ बाणिज्य बैंकमा, ११ करोड ५० लाख रुपैयाँ विकास बैंक र तीन करोड ८४ लाख रुपैयाँ वित्त कम्पनीहरुमा मुद्धती निक्षेप राख्ने जनाएकाे छ ।

कस्ता बैंक तथा वित्तीय संस्थाले पाउँछन् मुद्धती निक्षेप राख्न ?

राष्ट्र बैंकले रकम लिनका लागि आवेदन पेश गर्ने विभिन्न मापदण्ड समेत तोकेको छ । बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तिमा २ वर्ष पुरा भएको, बैंकबाट तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा कुल कर्जा सापटको ५ प्रतिशत भन्दा कम भएको, खूद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सो भन्दा बढी भएको कर्जा हुनुपर्ने राष्ट्र बैंकले मुख्य शर्त राखेको छ ।

 

त्यसैगरी, कर्जारस्वदेशी निक्षेप र प्राथमिक पूँजी अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमाभित्र रहेको, निकटतम अघिल्लो आर्थिक वर्षमा बैंक सञ्चालन मुनाफामा रहेको, रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमाभन्दा बढी नभएको हुनुपर्छ ।

अन्य शतर्हरूमा  शीघ्र सुधारात्मक कारबाहीमा परेको भए फुकुवा भएको कम्तीमा ६ महिना पुरा भएको, बैंक तथा वित्तीय संस्था कारबाहीमा परी समस्याग्रस्त घोषणा नभएको, सर्वसाधारणको लागि छुट्टाइएको शेयर जारी गरिसकेको हुनुपर्नेछ जस्ता शर्तहरु राष्ट्र बैंकले राखेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।