व्यक्तिगत आयकर : कसले कति तिर्नुपर्छ ? (तालिका सहित)

May 30, 2018 Merolagani

सरकारले आगामी आर्थिक बर्षका लागि आयकरको दायरा बढाएको छ । न्यून र मध्यम आय हुनेका लागि आयकरमा ठूलो फेरबदल नगरेको सरकारले उच्च आय हुनेहरुका लागि भने आयकरमा कडाई गरेको छ । सरकारले आर्थिक विधयेकमार्फत् आयकरको दायरा बढाएको हो ।

के हो आयकर ?

कुनैपनि व्यक्ति वा निकायले प्राप्त गरेको करयोग्य आम्दानीबाट सरकारलाई बुझाउनुपर्ने रकमलाई नै आयकर भनिन्छ । राज्य अनुसार करको दायरा र व्यवस्था फरक–फरक हुन सक्दछन् । नेपालमा आयकर ऐन २०५८ तथा आयकर नियमावली २०५९ मा गरिएको व्यवस्थाको आधारमा सरकारले कर लिँदै आएको छ ।

क–कसले आयकर तिर्नुपर्छ ?

आयकर ऐन २०५८ अनुसार करयोग्य आम्दानी गर्ने वा आर्थिक लाभ प्राप्त गर्ने प्रत्येक प्राकृतिक व्यक्ति तथा निकायले कर तिर्नु अनिवार्य हुन्छ । प्रत्येक व्यक्तिले आय वर्ष समाप्त भएको तीन महीनाभित्र सो वर्षको आय विवरण सम्बन्धित निकायमा बुझाउनुपर्छ । र सोही विवरण अनुसार कर तिर्नुपर्छ ।

मंगलबार संघीय संसदमा प्रस्तुत उक्त विध्येकमा व्यक्तिगत आयकरमा यसअघिको १५ र २५ प्रतिशतलाई परिवर्तन गरेर १०, २० र ३० प्रतिशत बनाईएको छ।

प्रस्तावित दर अनुसार अबदेखि कुनै पनि प्राकृतिक व्यक्तिले एक वर्षमा ३ लाख ५० हजार रोजगारीको आय भएमा एक प्रतिशतमात्र आय कर तिरेपुग्छ । ३ लाख पचास हजारदेखि ४ लाख ५० हजारसम्म कमाएको व्यक्तिले ३ लाख पचास हजारको १ प्रतिशत र त्यसमाथिको कर योग्य आयमा १० प्रतिशत आयकर लाग्नेछ।

४ लाख ५० हजार माथिको कर योग्य आयमा अबदेखि २० प्रतिशत कर लाग्ने छ। यसमा ४ लाख पचास हजारसम्म १३ हजार ५ सय कर लाग्ने छ भने त्यसमाथिको रकममा २० प्रतिशत लाग्ने प्रस्ताव गरिएको छ।

६ लाख ५० हजार माथि कमाउनेले वर्षमा २० लाखसम्मको आम्दानी गर्दा ३० प्रतिशत कर लाग्नेछ। यसमा ६ लाख ५० हजारसम्म कमाउनेलाई २० प्रतिशत लाग्ने छ भने त्यसमाथिको रकमका ३० प्रतिशत लाग्नेछ।

त्यस्तै २० लाख रुपैयाँ भन्दा बढी कर योग्य आयमा २० लाख रुपैयाँसम्म लाग्ने करको दरमा भन्दा अत्तिरिक्त २० प्रतिशत कर लाग्नेछ । जस अनुसार २० लाख भन्दा बढी रकममा ३६ प्रतिशतका दरले आयकर लाग्नेछ ।  

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।