कता हराए नेप्सेमा सूचीकृत उत्पादनमुलक १४ कम्पनी ? सरकारले खाेजी गर्ला !

Jun 01, 2018 Merolagani

-तीर्थराज पौड्याल ।
सरकारले बजेट मार्फत एक अर्ब रूपैयाँ पूँजी भएका उत्पादनमूलक कम्पनीहरूलार्इ सेयर बजारमा भित्र्याउने  घाेषणा गरेकाे छ । तर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भैसकेका १८ मध्ये १४ कम्पनीको सेयर कारोबार अहिले नेप्सेमा बन्द छ । सरकारले नयाँ कम्पनी भित्र्याउने घाेषणा गरिरहँदा काराेबार बन्द रहेका कम्पनीकाे पनि खाेजी गरिनु उत्तिकै जरूरी छ।</

मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक बर्षको बजेटमा एक अर्ब रुपैयाँभन्दा बढी चुक्ता पूँजी भएका उत्पादनमूलक कम्पनीलाई अनिवार्य सेयर बजारमा प्रवेश गराउने व्यवस्था गरेका छन् ।

५० करोड रुपैयाँ भन्दा माथि चुक्ता पूँजी भएका कम्पनीले साधारण सेयर जारी गरेमा ती कम्पनीलाई तीन बर्षसम्म १० प्रतिशतका दरले आयकर छुट दिने अफर पनि सँगै छ ।

किन पुगे अस्तित्व मेटीने संघारमा कम्पनी ?

नेप्सेमा सूचीकृत भएर सर्वसाधारण जनताको लगानी उत्पादनमूलक कम्पनीमा डुबेका इतिहास हामीसँग छ । यसरी धरासायी हुनमा कम्पनीको व्यवस्थापकीय कमजोरी नै प्रमुख देखिएका छन् ।
यसो हुनुमा नियामक निकायको कमजोर सुपरिवेक्षण पनि सँगसँगै जोडिने गर्दछ ।

कम्पनीलाई नेप्सेमा सूचीकृत गराएर मात्र नियामकको भुमिका प्रभावकारी मान्न सकिन्न । सूचीकृत कम्पनीको आवश्यक परेमा हस्तक्षेप र कारबाहीको प्रकृयामा पनि उत्रनुपर्ने आवश्यकता सँगै आउने गर्दछ ।

नेप्सेमा सूचीकृत भएका १८ उत्पादनमूलक कम्पनीमध्ये १४ अहिले नेप्सेकै सम्पर्कमा छैनन् । बार्षिक साधारण सभा नगरेको, नेप्सेको निर्धारण शर्तहरु पालना नगरेको कारणले पनि धेरै कम्पनी निलम्बनमा परेर कारोबार बन्द भएको अवस्था छ ।

यसरी कारोबार रोकिएका कम्पनीहरुमा अरुण वनस्पती, विराट छाला तथा जुत्ता उद्योग, बुटबल स्पिनिङ मिल, प्mलुयर हिमालयन, गोरखकाली रबर उद्योग, हरिसिद्धी इँटा तथा टाइल कम्पनी, ज्योती सिनीङ मिल, नेपाल बिटुमिन एण्ड ब्यारेल उद्योग, नेपाल खाद्य उद्योग, नेपाल ल्यूब आएल, नेपाल बनस्पति ध्यू उद्योग, रघुपति जुट मिल, श्री भृकुटी पल्प एण्ड पेपर र श्रीराम सुगर मिलको नेपाल स्टक एक्सचेञ्जमा धेरै अगाडिदेखि कारोबार रोकिएको अवस्था छ ।

नेप्सेमा सूचीकृत भएर पनि काराेबार बन्द भएका कम्पनीकाे चुक्त्ता यस्ताे छ :-(स्राेत नेप्से)

 

अरुण वनस्पती उद्योग, विराट सु, बुटवल स्पिनिङ मिल्स, फ्ल्यूर हिमालय, गोरखाली रबर उद्योग, हरिसिद्धी इँटा तथा टायल उद्योग, ज्योति स्पिनिङ मिल, रघुपति जुट मिल, नेपाल बिटुमिन तथा व्यारेल उद्योग, भृकुटी पल्प एण्ड पेपर, नेपाल खाद्य उद्योग र नेपाल वनस्पती घ्यु उद्योगसहित १२ कम्पनी नेपाल स्टकको सम्पर्कमा रहेका छैनन् । समस्याग्रस्त रहेका र अन्य कतिपय कम्पनी पनि नेप्सेको सम्पर्कमा छैनन् ।

यस्ता सम्पर्कमा नरहेका उद्योगमध्ये अधिकांश सरकारी स्वामित्वका र निजीकरण गरिएका उद्योग छन् । विगतमा राम्रो उत्पादन गरेका र सरकारलाई समेत पर्याप्त आम्दानी गराएका उद्योग बन्द हुनु समग्र देशकै लागी र समग्र सेयर बजारका लगानीकर्तालाई दुःखद् हो । सम्पर्कमा नरहेका उद्योगमा रहेको सरकार, नागरिकको लगानीको अवस्था के–कस्तो छ भन्नेसमेत जानकारीमा आउन सकेको छैन ।

यसरी सम्पर्कमा नरहेका कूल ३४ वटा कम्पनी तथा उद्योगलाई सम्पर्कमा आउन नेप्सेले गत पुसमा पहिलो साता आफ्नो कारोबारको विषयमा जानकारी दिन नेप्सेले पत्र काटेको थियो । नेप्सेले बारम्बार ताकेता गर्दा पनि ५ देखि दश बर्ष सम्मको दर्ता शुल्क बार्षिक शुल्क नबुझाउने कम्पनीलाई नेप्सेबाट नै निलम्बन पनि गर्ने गरेको छ ।

सरकारले पूँजी बजारमा उत्पादनमूलक कम्पनीहरू भित्र्याउने कुरा पूँजी बजारका लागि सकरात्मक कुरा हाे । तर विगतमा पूँजी बजारमा अाएर पनि काराेबार राेकिएका र अस्तिश्व विहिन कम्पनीहरूकाे खाेजी गर्नुपनि अावश्यक देखिन्छ ।

यी कम्पनीहरूमा सर्वसाधारणकाे मात्र हाेइन सरकारकाे समेत ठूलाे लगानी डुबेकाे अवस्था छ । सर्वसाधारणकाे लगानीकाे सुरक्षा तर्फ ध्यान दिन सरकारले नियामक निकायमहरूलार्इ थप सशक्त्त बनाएर मात्रै नयाँ कम्पनीहरू भित्र्याएमा लगानीकर्ताकाे सम्पत्ति सुरक्षित हुनेछ ।

नेप्सेमा यसभन्दा पहिला सूचीकृत ७८ प्रतिशत उत्पादनमूलक कम्पनीकाे कारोबार अस्तित्व समाप्त भएको स्थिति छ । नेप्सेमा सूचीकृत भएका १८ कम्पनीमध्ये हाल ४ कम्पनीको मात्र कारोबार अस्तित्व रहेकाले यस्ता कम्पनीलाई सूचीकृत गराउन मात्र होईन त्यसभन्दा बढी टिकाउन अर्थमन्त्रीले अर्को व्यवस्था ल्याउलान् त ?

 

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।