पूँजीगत लाभकर बढाएको सरकारले लगानीकर्तालाई थुपार्यो थप करको भार

Jun 03, 2018 Merolagani

आन्तरिक राजश्व विभागले हकप्रद र बोनस शेयरमा अग्रिम कर असुल्न सरोकारवाला निकायलाई निर्देशन दिएको छ । विभागले धितोपत्र बोर्ड, नेप्से र सिडिएसीलाई पत्रचारगरी आइतबारदेखि नै अग्रिम कर असुल्न निर्देशन दिएको हो ।

बजेट मार्फत पूँजीगत लाभकर बढाएको सरकारले अब बोनस र हकप्रद सेयरमा समेत लगानीकर्तालाई थप करको भार बोकाएको छ । विभागका अनुसार अब शेयर बजारका लगानीकर्ताले बोनस र हकप्रद शेयरको चुक्ता मुल्यलाई आधार मानेर लाभकर तिर्नुपर्ने भएको छ ।

यसअघि बोनस र हकप्रदमा आधारमूल्यको आधारमा लाभकर गणना हुँदै आएको थियो । नेप्सेमा हकप्रद र बोनस समायोजन हुँदा निर्धारण गरिएको कम्पनीको औषत आधारमूल्य भन्दा बढीमा शेयर बिक्री गर्दाको अवस्थामा आयको आधारमा पाँच प्रतिशतका पूँजीगत लाभकर तिर्दे आएका थिए ।

आन्तरिक राजश्व विभागको निर्देशन अनुसार आइतबार देखिनै लगनाीकर्ताको बोनस र हकप्रद सेयरको लागत मूल्य एक सय रुपैयाँ कायम भई सो अनुसार लाभकर गणना हुनेछ । असार ३२ गतेसम्म पाँच प्रतिशत र श्रावण १ गतेबाट नयाँ बजेटको व्यवस्था अनुसार लगानीकर्ताले ७.५ प्रतिशतका दरले पूँजीगत लाभकर तिर्नुपर्नेछ ।

सरकारले बजेट मार्फत शेयर कारोबारमा लाग्ने पूँजीगत लाभकर ब्यक्तिगत तर्फ पाँच प्रतिशतबाट बढाएर साढे सात प्रतिशत बनाएको थियो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।