जेबिल्स फाइनान्सको ४० प्रतिशत हकप्रद खुल्यो, हकप्रदमूल्यमै झर्याे दोस्रो बजारमूल्य

Jun 24, 2018 merolagani

जेबिल्स फाइनान्स (JEFL) ले असार १० गते आइतबारदेखि चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद जारी गरेको छ । राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पूँजी कायम गर्न फाइनान्सले २३ लाख ११ हजार ६५० कित्ता सेयर हकप्रद बिक्री खुला गरेको हो ।

निरन्तर सेयर बजार घटेपछि फाइनान्स कम्पनीकाे दाेस्राे बजारमा र हकप्रदमा सेयर किन्नु उस्तै देखिएकाे छ ।फाइनान्सको हकप्रद सेयरको मूल्यमा नै बजार मूल्य झरेको छ । बिहीबार फाइनान्सको सेयरमूल्य प्रतिकित्ता १०२ रुपैयाँमा कारोबार भएको छ । हकप्रद भरेर सेयर डिम्याटमा आउन महिनौं लाग्ने अवस्थामा दोस्रो बजार घटेसँगै फाइनान्स कम्पनीको सेयर हकप्रद भर्ने मूल्यमा नै दोस्रो बजारबाट किन्न पाइने अवस्था आएको हो । 

यो हकप्रदमा जेठ २२ गते मंगलबारसम्म कायम रहेका सेयरधनीले साउन १३ गतेसम्म आवेदन गर्न सक्नेछन् । फाइनान्सको सेयर बिक्री प्रबन्धक सनराईज क्यापिटल रहेको छ । हकप्रदमा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिनेछ ।

त्यसैगरि सनराईज क्यापिटल कमलपोखरी, जेबिल्स फाईनान्स न्युरोड, सनराईज बैंकको विराटनगर, पोखरा, वीरगञ्ज, बुटवल र नारायणगढ शाखा कार्यालयबाट समेत आवेदन दिन सकिनेछ ।

साठी करोड ६८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको जेबिल्सको हकप्रदपछि ८३ करोड ७९ लाख ७३ हजार रुपैयाँ पुग्नेछ ।

comments powered by Disqus