नाडेप लघुवित्तको आइपिओमा दुई दिनमा पर्यो साढे पाँच गुणा बढी आवेदन

Jun 26, 2018 Merolagani



नाडेप लघुवित्त वित्तीय संस्था (NADEP) ले असार १० गतेदेखि निष्काशन गरेको साधारण सेयरमा साढे पाँच गुणा बढी आवेदन परेको छ । लघुवित्तको सेयरमा सोमबारसम्म ५४ हजार आवेदकले सो गुणामा सेयर माग गरेका हुन् ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले दिएको जानकारी अनुसारसोमबार बेलुकासम्म ५४ हजार आवेदकले २४ लाख कित्ता सेयरका लागि आवेदन गरेका छन् ।

कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्टाएर सर्वसाधारणका लागि चार करोड ३२ लाख रुपैयाँको आईपिओ निष्काशन भएको हो । जसमा २४ करोड रुपैयाँ बढीको आवेदन परेको छ । याे ५.५६ गुणा बढी हाे ।

लघुवित्तले असार १० गतेदेखि चुक्ता पूँजीको ३० प्रतिशत अर्थात चार करोड ८० लाख रुपैयाँ बराबरको चार लाख ८० हजार कित्ता आईपिओ निष्काशन गरेको हो । आइपिओमा न्युनतम २० कित्ता र अधिकतम २ हजार ४ सय कित्तासम्म आवेदन गर्न पाइने व्यवस्था छ । कम्पनीको आईपिओ बुधबार बन्द हुनेछ ।

लगानीकर्ताले कम्पनीको रजिष्टर्ड कार्यालय गजुरी, बिक्री प्रबन्धको कार्यालय तथा आस्वा सेवा प्रदान गर्ने सबै बैंक तथा वित्तीय संस्थाबाट आवेदन गर्न सक्नेछन् । सिडिएसीको मेरो शेयरका प्रयोगकर्ताले इन्टरनेटको माध्यमबाट घरमै बसेर पनि आवेदन गर्न सक्नेछन् ।

कुल आइपिओमध्ये २४ लाख रुपैयाँ बराबरको २४ हजार कित्ता संस्थाका कर्मचारीलाई र सामूहिक लगानी कोष (म्युचअल फण्ड) लाई २४ हजार कित्ता शेयर सुरक्षित गरिएको छ । बाँकी ४ करोड ३२ लाख रुपैयाँ बराबरको ४ लाख ३२ हजार कित्ता सर्वसाधारणलाई बाँडफाँड हुनेछ ।

धादिङको गजुरीमा प्रधान कार्यालय रहेको लघुवित्तले प्रधान कार्यालय सहित ६२ शाखा कार्यालयबाट लघुवित्त सेवा प्रदान गर्दे आइरहेको छ । कम्पनीको चुक्ता पूँजी ११ करोड २० लाख रूपैयाँ रहेको छ । आइपीओ बिक्रीपछि चुक्ता पुँजी १६ करोड रुपैयाँ पुग्नेछ ।

लघुवित्तले चालु आर्थिक बर्षको तेश्रो त्रैमाससम्ममा ४ करोड ४६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । लघुवित्तको जगेडा कोषमा १५ करोड ५६ लाख रुपैयाँ सञ्चित छ । लघुवित्तको निष्कृय कर्जा २.२० प्रतिशत रहेको छ ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।