नाडेप लघुवित्तको आइपिओ भर्ने आज अन्तिम दिन, कति पर्यो आवेदन ?

Jun 27, 2018 Merolagani



नाडेप लघुवित्त वित्तीय संस्था (NADEP) ले सर्वसाधारणका लागि निष्काशन गरेको (आइपिओ) मा आवेदन गर्ने बुधबार अन्तिम दिन हो । कम्पनीले एक सय रुपैयाँ अंकित दरमा चार करोड ८० लाख रुपैयाँ बराबरको चार लाख ८० हजार कित्ता आइपिओ असार १० गते आइतबारदेखि बिक्रीमा ल्याएको हो ।

कम्पनीले ३० प्रतिशत सेयर सर्वसाधारणमा बिक्री खुल्ला गरेको हो । निष्काशित कुल आइपिओमध्ये २४ लाख रुपैयाँ बराबरको २४ हजार कित्ता संस्थाका कर्मचारीलाई र सामूहिक लगानी कोष (म्युचअल फण्ड) लाई २४ हजार कित्ता शेयर सुरक्षित गरिएको छ । बाँकी ४ करोड ३२ लाख रुपैयाँ बराबरको ४ लाख ३२ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन गर्न सकिने छ ।

कम्पनीको साधारण सेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले गरेको छ । कम्पनीको आइपिओमा न्युनतम २० कित्ता र अधिकतम २ हजार ४ सय कित्तासम्म आवेदन गर्न सक्ने छन् ।

साथै, लगानीकर्ताले कम्पनीको रजिष्टर्ड कार्यालय गजुरी, बिक्री प्रबन्धको कार्यालय तथा आस्वा सेवा प्रदान गर्ने सबै बैंक तथा वित्तीय संस्थाबाट आवेदन गर्न पाउनेछन् । सिडिएसीको मेरो शेयरका प्रयोगकर्ताले इन्टरनेटको माध्यमबाट घरमै बसेर पनि आवेदन गर्न सक्नेछन ।

कति पर्यो आवेदन ?

असार १० गतेदेखि निष्काशन भएको कम्पनीको आइपिओमा असार १२ गते साझँसम्म एक लाख ७० हजार आवेदकबाट ७६ लाख बढी कित्ताका लागि आवेदन परेको बिक्री प्रबन्धकले जनाएको छ । जुन सर्वसाधरणलाई निष्काशन गरिएको कुल कित्ताको १७.६० गुणा बढी हो ।

मंगलबारसम्मको आवेदनको अवस्था हेर्दा एक लाख २६ हजार बढी आवेदकले शेयर नपाउने देखिएको छ । कम्पनीको आइपिओ दश कित्ताका दरले ४३ हजार २०० आवेदकले मात्र गोलाप्रथाबाट पाउनेछन् ।

धादिङको गजुरीमा प्रधान कार्यालय रहेको लघुवित्तले प्रधान कार्यालय सहित ६२ शाखा कार्यालयबाट लघुवित्त सेवा प्रदान गर्दे आइरहेको छ । कम्पनीको चुक्ता पूँजी ११ करोड २० लाख रूपैयाँ रहेको छ । आइपीओ बिक्रीपछि चुक्ता पुँजी १६ करोड रुपैयाँ पुग्नेछ ।

लघुवित्तले चालु आर्थिक बर्षको तेश्रो त्रैमाससम्ममा ४ करोड ४६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । लघुवित्तको जगेडा कोषमा १५ करोड ५६ लाख रुपैयाँ सञ्चित छ । लघुवित्तको निष्कृय कर्जा २.२० प्रतिशत रहेको छ ।




सुन र चाँदीको मूल्यमा भारी गिरावट

Apr 06, 2025 11:27 AM

चैत २४ गते, आईतबार, नेपाली बजारमा सुन र चाँदीको मूल्यमा भारी गिरावट भएको छ । यसदिन सुन प्रतितोला एक हजार ९०० रुपैयाँ घटेको छ भने चाँदी ७० रुपैयाँले घटेको हो ।