लगानीकर्ताले नवीकरण गर्न तोकेको समयावधिभित्र नविकरण नगराएको खण्डमा सिडिएससीको निर्देशन अनुसार सम्बन्धित निक्षेप सदस्यले नविकरण नगराउने लगानीकर्ताको खाता रोक्का गर्दछन् ।
आर्थिक बर्ष २०७५/७६ का लागि डिम्याट खाता सञ्चालन गरेबापत प्रत्येक खातावालाले वार्षिक नवीकरण शुल्क एक सय रुपैयाँ र मेरो सेयर प्रयोगकर्ताले थप बार्षिक पचास रुपैयाँ तिनुपर्ने हुन्छ । लगानीकर्ताले आफ्नो खाता रहेको निक्षेप सदस्यकोमा गएर तोकिएको शुल्क भुक्तानी गरी खाता नविकरण शुल्क तिर्न सक्नेछन् । साउन मसान्तभित्र डिम्याट खाता नवीकरण नगर्नेहरुको खाता रोक्का हुने सिडिएससीले बताउँदै आएको छ ।
चालू आर्थिक बर्षको समयावधि १५ दिनमात्र बाँकी रहेको छ । नयाँ आवको एक महिनाभित्र सम्बन्धित लगानीकर्ताले आफ्नो डिम्याट खाता रहेको निक्षेप सदस्यमा गएर नविकरण गराउँदा खाता पनि रोक्का हुँदैन भने रोक्का भएर आइपर्ने झण्झट बाट मुक्ती पाइन्छ ।
लगानीकर्ताबाट नविकरण गर्न जति ढिला गर्दछ उति नै धेरै नविकरण गर्ने लगानीकर्ताको भीड बढ्ने हुँदा सानो कामका लागि नै लगानीकर्ताले घण्टौं समयको बर्बादी गनुपर्ने अवस्था आउन सक्छ । जुन अघिल्ला बर्षहरुमा देखिँदै आएको छ । समय छँदै फुर्सदको समयमा नविकरण गराउँदा सम्बन्धित डिम्याट खाता ग्राहकलाई नै फाइदै पुग्छ ।
समयमा नै काम सम्पन्न नगर्ने नेपालीहरूकाे साझा विशेषता नै बन्न थालिसकेकाे छ । यसबाट अाइपर्ने समस्याबाट नेपालीहरू अपरिचित छैनन् ।
धितोपत्र बोर्ड, सिडिएस एण्ड क्लियरिङ्ग, नेपाल मर्चेन्ट बैंकर्स संघ, र सम्बन्धित निक्षेप सदस्यहरुले पनि लगानीकर्तालाई समयमा नै आफ्नो खाता नविकरण गराएर ढुक्कसँग सेवा प्रयोग गर्न अघिल्ला बर्षहरुमा झैँ यस बर्ष यो बर्षमा पनि सूचना जारी गर्ने क्रम बढ्न थालिसकेको छ ।
एनआईबिएल क्यापिटल र सिद्धार्थ क्यापिटलले आफ्ना ग्राहकहरुलाई डिम्याट खाता नविकरण गर्न सूचना जारी गरिसकेका छन् । उनीहरुले समयमा नै नवीकरण नगर्ने लगानीकर्ताको खाता रोक्का हुने र शेयर कारोबारको राफसाफको लागि पनि लगानीकर्ताले समयमै खाता नवीकरण गराउन जरुरी हुने बताइसकेका छन् । अन्यले पनि अागामी दिनमा नविकरण गर्ने सूचना प्रकाशित गर्ने क्रम बढ्दै जानेछ ।