साउन १ गते देखि अनलाइन प्रणालीमा यसरी हुन्छ सेयर कारोबार

Jul 04, 2018 Merolagani

नेपाल स्टक एक्सचेन्जले साउन १ गतेदेखि नै अनलाइन कारोबार प्रणालीको पूर्ण परीक्षण गर्ने भएको छ । जसका लागि नेप्सेले बुधबार दलाल व्यवसायी तथा लगानीकर्ताहरुका बीचमा अनलाइन कारोबारको डेमो प्रर्दशन तथा छलफल गरेको छ । वाईको डेभलपर प्रालिले निमार्ण गरेको अनलाइन प्रणालीको डेमो प्रदर्शन गर्दै नेप्सेले यसको प्रकृयाको बेलिबिस्तार गराएको हो ।

अनलाइन कारोबार संचालनमा आएपछि लगानीकर्ताहरुले घरमै बसेर आफ्नो मोबाइल वा कम्प्युटरबाट शेयरको किनबेच गर्न अर्डर दिन सकिने व्यवस्था हुनेछ ।

कसरी हुन्छ कारोबार ?

सबै भन्दा पहिले लगानीकर्ताले ब्रोकर कम्पनीमा आधिकारीक परिचय पत्र सहित उपस्थित भएर युजर नेम र पासवर्ड लागि सम्पर्क गर्नु पर्दछ । त्यसपछि लगानीकर्ताहरुको डाटा ब्रोकरले इन्ट्रि गर्दछ । ब्रोकरले दिएको युजर नेम र पासवर्ड स्वीकृत भएपछि नेप्सेले युनिक क्लाइन्ट कोड प्रदान गर्दछ । त्यो युनिक क्लाइट कोड फेरी ब्रोकर कम्पनिलाई दिनु पर्दछ । यो प्रकृया एक पटक मात्र गर्नु पर्ने हुन्छ ।

ब्रोकरले लगानीकर्ताको अवस्था हेरेर कति सम्मको कारोबार गर्न दिने भन्ने सीमा निर्धारण गर्दछ । उल्लेखित प्रकृया पुरा भए पछि लगानीकर्ताको खातालाई डिलरसँग लिङ्क एक्टिभेसन गराइन्छ । डिलर अहिलेको नयाँ कन्सेप्ट हो । हरेक लगानीकर्तालाई डिलरसंग लिङक गराएर अघि बढाए पछि लगानीकर्ता अनलाइन प्रणालीबाट सेयर कारोबार गर्न सक्ने हुन्छन् ।

अनलाइन प्रविधिमा नेस्से इन्डेक्स, न्युज, टे«डिङ्ग अपडेट लगायत मार्केट अपडेट पनि हेर्न सकिने वाईको कम्पनीले जनाएको छ । यस्तै अर्डर गर्नुभन्दा पहिले रिक्स मापन हुने पनि बताइएको छ ।

अनलाइन कारोबारको सुरुवात हुन लागेकोमा लगानीकर्ताहरु उत्साहित भएका छन् । अनलाईन कारोबार गर्दा पारदर्शिताका साथै समयको बचत हुने भएकोले लगानीकर्ताहरु उत्साहित भएका हुन । तर अनलाइन प्रविधिमा समस्या आउने वित्तिकै तत्काल समधान हुने प्रविधि हुनुपर्ने र खरिदबिक्रीमा सिमा राख्न नहुने उनीहरुको भनाई छ ।

comments powered by Disqus