मौद्रिक नीति आउने दिन माइक्रोफाइनान्समा झुम्मिए लगानीकर्ता

Jul 11, 2018 Merolagani

राष्ट्र बैंकले बुधबार सार्वजनिक गर्न लागेको मौद्रिक नीतिमा लघुवित्त कम्पनीहरुलाई सहुलियत र पूँजी वृद्धिको चर्चा चलेपछि बुधबार लघुवित्त कम्पनीको सेयरमा लगानीकर्ता आकर्षित भएका छन् ।

दिउँसो १ बजेसम्म शिर्ष मूल्य बढ्ने १० कम्पनीमध्ये ९ लघुवित्तका रहेका छन् । एनएमबि माईक्रोफानान्स वित्तिय संस्थाको सेयरमूल्यमा सर्किट लागेको छ । कम्पनीले बुधबार नै हाल कायम चुक्ता पूँजीको १५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने घोषणा गरेपछि सेयरमूल्य १० प्रतिशतले बढेको छ ।

 

 

समाचार तयार पार्दासम्म नेप्से ४.५२ अंकले बढेर १२१०.४५ अंकमा उक्लिएको छ । कारोबारमा आएका सबै सूचक बढेका छन् । सबैभन्दा धेरै नेपाल टेलिकमको साढे तीन करोड बराबरको कारोबार भएको छ ।

गुमाउने कम्पनीमा विकास बैंक धेरै देखिएका छन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।