आईपिओ पनि बिक्न छाड्यो, जोशी हाइड्रो ६५% बेच्न असफल

Jul 13, 2018 Merolagani



सूचीकृत कम्पनीलाई एफपिओ विक्रीमा कठिनाई भइरहेको बेला जोशी हाइड्रोपावर डेभेलपमेन्ट कम्पनीलाई भने साधारण सेयर (आईपिओ) नै बिक्री गर्न मुस्किल परेको देखिएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयहरुलाई निष्काशन गरेको आधा बढी साधारण सेयर नबिकेको हो ।

कम्पनीले इक्रा नेपालबाट इक्रा रेटिङ्ग ’इक्रा एनपि र्आइपिओ ग्रेड ५’ पाएको छ । यस सूचकले कम्पनीको वित्तीय अवस्था सबैभन्दा कमजोर रहेको जनाउँछ ।

कमजोर रेटिङ्ग पाएको कारणले नै कम्पनीको सेयर किन्न इलामका स्थानीय अनिच्छुक देखिएका हुन् । जसले कम्पनीको सेयर ३५ प्रतिशत मात्र विक्री भएको छ भने ६५ प्रतिशत सेयर किन्न स्थानीयले अस्वीकार गरेका छन् ।

जोशी हाइड्रोपावर कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेकाे छ ।

क्यापिटलले स्थानीयलाई निष्काशन गरेको तीन लाख ७१ हजार ४०० कित्ता शेयरमध्ये एक लाख २९ हजार ३९० कित्ता सेयर विक्री भएको जनाएको छ । जुन सेयर विक्री प्रबन्धकले असार २८ गते बिहिबार बाँडफाँड गरेको छ ।

माग गरेजति सबैलाई आईपिओ बाँडफाँड गर्दा समेत ६५ प्रतिशत अर्थात दुई लाख ४२ हजार १० कित्ता सेयर नबिकेको हो ।

३७ करोड १४ लाख रुपैयाँ जारी पूँजी रहेको कम्पनीले आयोजना प्रभावितका लागि जारी पूँजीको १० प्रतिशत आईपिओ निष्काशन गरको हो ।

कम्पनीले गत जेठ ८ गते असार ११ गतेसम्म एक महिना आयोजना प्रभावित इलाम नगरपालिका वडा नं १, ३ र ४ का लागि उक्त सेयर निष्काशन गरेको थियो ।

जोशी हाइड्रोपावरले इलामको पुवाखोलामा तीन मेगावाट क्षमताको जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । पहिलो आयोजनाको रुपमा ३ मेगावाटको अपर पुवा १ आयोजना सञ्चालनमा रहेको कम्पनीले २०७१ माघ १ गतेबाट उक्त आयोजनाबाट व्यवसायिक रुपमा विद्युत उत्पादन गर्दै आएको छ ।

सर्वसाधारणलाई १६ लाख ९० हजार कित्ता निष्काशन हुने

जोशी हाइड्रोपावर कम्पनीले स्थानीयलाई जारी पूँजीको १० प्रतिशत तथा ३९ प्रतिशत सर्वसाधारणलाई सेयर जारी गर्ने बताइसकेको छ ।

स्थानीय बासिन्दाका लागि जारी गरिएको सेयरमध्ये दुई लाख ४२ हजार १० कित्ता सेयर विक्री नभएपश्चात सो सेयर समेत जोडेर कम्पनीले अब सर्वसाधारणलाई १६ लाख ९० हजार ४७० कित्ता सेयर जारी गर्नेछ ।

यसअघि कम्पनीले जारी पूँजीको १० प्रतिशत स्थानीयलाई जारी पश्चात दोस्रो चरणमा सर्वसाधारणहरुलाई जारी पूँजीको ३९ प्रतिशत बराबरको १४ लाख ४८ हजार ४६० कित्ता सेयर निष्काशन गर्ने बताएको थियो ।

आईपिओ जारीसँगै कम्पनीमा संस्थापकको ५१ र ४९ प्रतिशत सर्वसाधारणको लगानी हुनेछ ।




आइतबार १९.२७ अंकले बढेकाे नेप्सेले किन देखायाे ८८५.३२ अंकले घटेकाे, कारण यस्ताे ?

Mar 01, 2026 04:06 PM

नेप्सेले आईतबारको शेयर बजार ८८५.३२ अंकले घटेर १७६९.६० विन्दुमा झरेको देखाएकाे छ । नियमित कारोबार समयमा १९ अंकले बढेर बन्द भएको बजार एकैदिन ठूलो अंकको गिरावट भएको देखाएकाे हाे ।