नेपाल राष्ट्र बैंकले गर्यो डिजिटल पेमेन्टको सीमामा हेरफेर

Jul 17, 2018 Merolagani

नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट गरिने कारोबारको सीमा हेरफेर गरेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट नेपाली मुद्रामा भुक्तानी हुने गरी जारी गरिएका क्रेडिट कार्ड, प्रिपेड कार्ड र मोबाइल तथा इन्टरनेट बैकिंङ्ग सेवा लगायत विद्युतीय माध्यमबाट गरिने कारोबारमा नयाँ व्यवस्था गरेको हो ।

सेयर बजारमा अनलाइन कारोबार सुरुवात भएकै दिनदेखि राष्ट्र बैंकले मोबाइल तथा इन्टरनेट बैकिंङ्ग सेवाको सीमा बढाएपछि सेयर बजारका लगानीकर्तालाई सहज हुने भएको छ ।

राष्ट्र बैंकले इन्टरनेटको माध्यमबाट बैंक तथा वित्तीय संस्थाको खातामा ट्रान्सफर गर्दा एक पटकमा अधिकतमा एक लाख र मासिक रुपमा दश लाख रुपैयाँसम्म ट्रान्सफर कारोबार गर्न पाइने व्यवस्था गरेको छ ।

त्यस्तै क्रेडिट कार्डबाट नगद झिक्न पाउने सीमा २० प्रतिशतबाट २५ प्रतिशत पुर्याएको छ । प्रिपेड कार्ड जारी गर्दा एक पटकमा एक लाख रुपैयाँसम्म जारी गर्न पाइने छ। कार्डबाट बढीमा २५ हजार रुपैयाँ मात्र झिक्न पाइने व्यवस्था रहेको छ । डेबिट कार्डबाट एक पटकमा अधिकतम २५ हजार रुपैयाँ र दिनभरमा एक लाख रुपैयाँ मात्र झिक्न पाइने छ।

मोबाइल बैंकिङबाट एक पटकमा ५ हजार रुपैयाँ र दिनभरमा १५ हजार भुक्तानी गर्न पाइनेछ । इन्टरनेट बैंकिङ्गबाट दैनिक एक लाख रुपैयाँ तथा मासिक पाँच लाख रुपैयाँसम्म भूक्तानी गर्न पाइन्छ।


comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।