वाणिज्य बैंकहरुले २०७४/०७५ मा कति खुद नाफा कमाए ? आँकलन सहित

Jul 18, 2018 Merolagani

सेयर बजारमा सुचिकृत कम्पनीहरुले गत आर्थिक बर्ष २०७४/०७५ मा गरेको नाफा कमाईको बिवरण पस्कने क्रम बुधबारबाट सुरु भएको छ । उनीहरुले अपरिस्कृत बित्तीय बिवरणहरु सार्वजनिक गर्दै गर्दा वाणिज्य बैंकहरुले कति खुद नाफा कमाए भन्ने चासो लगानीकर्तामा सर्वाधिक छ । उनीहरुको यही चासोलाई सम्बोधन गर्दै मेरो लगानी प्रस्तुत गर्दछ (२८ वाणिज्य बैंकहरुले गरेको खुद नाफा कमाईको आँकलन)

२ वटा वाणिज्य बैंकको खुद नाफा ४ अर्ब माथि

अघिल्लो आर्थिक वर्षमा कमाईका आधारमा राष्ट्रिय वाणिज्य बैंक पहिलो स्थानमा बसेको थियो ।

यस पटक भने वाणिज्य बैंकलाई नबिल बैंकले पछि पार्ने आँकलन गरिएको छ । उल्लेखित २ बैंकले ४ अर्ब बढी खुद नाफा कमाएका छन् ।

२ वाणिज्य बैंकले ४ अर्ब भन्दा बढी खुद नाफा कमाएको बित्तीय बिबरण प्रकाशनको तयारी गरिरहेका छन् । त्यसै गरी ३ अर्ब रुपैंया खुद नाफा गरेको वित्तीय विबरण प्रकाशन गर्ने तयारीमा ३ वटा वाणिज्य बैंक जुटेका छन् । २ अर्ब रुपैंया खुद नाफा गर्ने बैंकको सूचीमा ४ वटा वाणिज्य बैंक परेका छन् ।

कृषि बिकास बैंक, नेपाल इन्भेष्टमेण्ट बैंक र नेपाल बैंक पनि ३ देखि ४ अर्बको बिचमा खुद नाफा कमाउने बैंकको सूचीमा पर्ने चित्र देखिएको छ ।

त्यसपछिका ४ वाणिज्य बैंकहरुले आफुलाई २ अर्ब माथिको आकर्षक कमाई गर्ने सूचीमा उभ्याउने संभावना देखिएको छ । यसमा एभरेष्ट, हिमालयन, ग्लोबल आईएमई र एनएमबि बैंक परेका छन् ।

डेढदेखि २ अर्ब कमाई गर्ने बैंकको सूचीमा ५ वाणिज्य बैंक परेका छन् भने १ देखि डेढ अर्ब कमाई गर्नेको सूचीमा सबैभन्दा धेरै अर्थात १० वाणिज्य बैंक परेका छन् ।

एक अर्बभन्दा थोरै कमाई गर्ने बैंकको संख्या ४ हुने आँकलन गरिएको छ । केही बैंकहरुलाई गत बर्ष भएको लगानी योग्य रकमको अभाव र ब्याजदर बृद्धिले केही हदसम्म प्रभाव पारेको देखिन्छ । समग्रमा बैंकहरुको कमाईलाई राम्रो मान्न सकिन्छ । 

- सच्याइएको : उल्लेखित तथ्यांकमा सेञ्चुरी बैंकको खुद नाफा ९० करोड हुनुपर्नेमा तथ्यांक प्रवृष्ट गर्दा ६० हुन गएकाले सच्याइएको छ ।

आंकलन गर्दाका आधारहरु

सम्बन्धित बैंक तथा बित्तीय संस्था सम्बद्ध स्रोतहरुसँगको अनौपचारिक कुराकानी, अघिल्लो बर्ष र तेस्रो त्रैमासको बित्तीय बिबरणसँगको तुलनात्मक अध्ययन र अन्य सूचनाहरुका आधारमा यो आँकलन प्रस्तुत गरिएको छ । साथै मेरोलगानीको डाटा एनालिटिक्सले पनि यो आँकलन तयार गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।

सूचनाको गोपनियता र त्यसले दोस्रो बजारलाई प्रभावित नपारोस भन्ने कुरालाई बिशेष ध्यानमा राखी साउन २ गते बुधबार बिहान ११ बजेदेखि सूचना संकलन तथा प्रशोधनको काम सुरु गरेर बुधबार बेलुका ८ बजे नै मेरोलगानीमा समाचार प्रबाह गरिएको छ ।

बैंकहरुले साउन महिनाको केही दिनको हिसाबलाई गत बर्षको चौथो त्रैमासमा समाबेश गर्न पाउने हुनाले अहिले यहाँ प्रस्तुत गरिएको आँकलनमा केही फरक पर्न सक्ने संभावना छ । बित्तीय बिबरण तयारीको क्रममा खराब कर्जा वापतको रकम ब्यवस्था बढ्न गएमा आँकलन गरिए भन्दा कम खुद नाफा हुनसक्छ । साथै राष्ट्र बैंकले वित्तीय विबरणका सम्बन्धमा गरेको नयाँ व्यवस्था अनुसार केही बैंकले वित्तीय विबरण प्रकाशनको तयारी गरेका छन् । त्यस्तो भएको खण्डमा आँकलनमा केही फरक पर्न सक्छ ।

लगानीकर्ताहरुले यहाँ प्रस्तुत गरिएको आँकलनलाई आधार मानी सेयर कारोबार नगरी कम्पनीहरुले प्रकाशन गर्ने आधिकारिक बित्तीय बिवरण नै पर्खनु उचित हुनेछ । यसलाई अध्ययन बिश्लेषणको सामान्य आधार मात्र बनाउन सकिन्छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।