वित्तीय प्रणालीमा अधिक तरलता: राष्ट्र बैंकले तीन दिनमा झण्डै १८ अर्ब खिच्यो, थप १५ अर्ब उठाउने

Jul 20, 2018 Merolagani



नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा अधिक तरलता भएपछि तीन दिनको अवधिमा वित्तीय प्रणालीबाट १७ अर्ब ७५ करोड रुपैयाँ खिचेको छ । बैंक तथा वित्तीय संस्थाहरुले करिब ५८ अर्ब रुपैयाँ राष्ट्र बैंकमा निक्षेप राख्न प्रस्ताव गरेको थिए । राष्ट्र बैंकले शुक्रबार थप १५ अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थाबाट उठाउने भएको छ ।

आर्थिक बर्षको अन्त्यमा सरकारी खर्च बढेर बैंकिङ प्रणालीमा अधिक तरलताको अवस्था आएको हो । साथै केन्द्रीय बैंकले तरलता सहज पार्न सीआरआर (क्यास रिजर्भ रेसियो) मा सहजीकरण गरेपछि बैंकहरुमा ४८ अर्ब तरलता थपिएको छ ।

राष्ट्र बैंकले मौद्रिक नीति मार्फत सबै बैंक तथा वित्तीय संस्थाको सीआरआर ४ प्रतिशतमात्र कायम गरेको छ । सीआरआरमा गरिएको कटौतीबाट थप तरलता बढेको हो । बैंकिङ प्रणालीमा ६५ अर्ब रुपैयाँ बढी अधिक तरलता रहेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले चालु आर्थिक बर्षको पहिलो दिन साउन एक गते मंगलबारदेखि बिहीबारसम्म ३ दिनमा ९० दिन र ६० दिने निक्षेप संकलन उपकरणमार्फत बजारबाट १७ अर्ब ७५ करोड रुपैयाँ उठाएको छ । उक्त अवधिमा राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने लक्ष्य राखेको थियो ।

बैंक तथा वित्तीय संस्थाहरुले तीन दिनमा ५७ अर्ब ७५ करोड रुपैयाँ राष्ट्र बैंकमा राख्ने प्रस्ताव गरेपनि ब्याजदर नमिलेपछि धेरैको प्रस्ताव अस्वीकृत भएको थियो ।

साथै राष्ट्र बैंकले शुक्रबार पनि बैंकिङ प्रणालीबाट १५ अर्ब रुपैयाँ उठाउने भएको छ । केन्द्रीय बैंकले ६० दिनका लागि निक्षेप संकलन उपकरणमार्फत बजारबाट पैसा प्रशोचन गर्न लागेको हो ।




लगातार चार दिन सरकारी बिदा, सरकारी कर्मचारीलाई राहत

May 22, 2026 12:15 PM

आगामी जेठ १४ गतेदेखि लगातार चार दिन बिदा परेको छ । जेठ महिनामा लगातार चार दिने बिदा हुने यो पहिलो पटक हो ।