नेप्से सञ्चालक समितिको बैठकले गरेको निर्णयको माइन्युट कसरी भयो गायब ?

Jul 20, 2018 Merolagani

नेपाल स्टक एक्स्चेञ्ज सञ्चालक समितिको बुधबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णयको माइन्युट गायब भएको छ । सर्वोच्च अदालतले नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदलाई तत्काल पदमुक्त नगर्न आदेश दिएको पर्सिपल्ट बसेको बैठकको माइन्युट गायब पारिएको हो ।

साउद अदालतको आदेश पाए पछि बुधबार नै नेप्से पुगेर हाजिर गरेका थिए । त्यस पछि नेप्सेका अध्यक्ष लक्ष्मण न्यौपानले सञ्चालक समितिको बैठक आह्वान गरेका थिए । तर बैठकमा के के प्रस्ताव लगियो र के के निर्णय भयो भन्ने सम्बन्धमा नेप्सेका कर्मचारी जानकार छैनन् ।

शुक्रबार साउद नेप्से पुगेर बैठकले गरेको निर्णयको प्रति माग गरे पछि माइन्युट गायब भएको खुलासा भएको हो ।

यस सम्बन्धमा नेप्सेमा खैलाबैला मच्चिए पछि नेप्सेका कर्मचारीहरुले सञ्चारकर्मीहरुलाई माइन्युट नेप्से अध्यक्ष न्यौैपानेले साथमा लिएर गएको खुलासा गरे । बैठकमा के निर्णय भयो भन्ने सम्बन्धमा माइन्युट नभएको अवस्थामा केही बताउन नसकिने नेप्सेले जनाएको छ ।

उता बैठकका सम्बन्धमा एक जना सञ्चालकले बैठक बसेको बताए । थप जानकारी नेप्सेबाट नै लिनुहोला भनेका उनले माइन्युट कता हरायो वा के भयो भन्ने विषय आफुसँग सम्बन्धित नरहेको बताए ।

यस सम्बन्धमा नेप्सेका अध्यक्ष लक्ष्मण न्यौपानेले माइन्युटको विषयभन्दा निर्णयको विषय ठुलो रहेको दाबी गर्दै कुनै महत्वपुर्ण निर्णय नभएको मात्र प्रतिकृया दिए । मेरोलगानीले उनलाई माइन्युट तपाईले लिएर जानु भएको छ रे नि ? भनि सोधेको प्रश्नमा उनले कुनै प्रतिकृया दिन चाहेनन् ।

सर्वोच्च अदालतले नेप्सेका प्रमुख कार्यकारी अधिकृतको पदका सम्बन्धमा आदेश जारी गरे पश्चात अर्थमन्त्रालयले पठाएका रमेश अर्याल सहित बैठक बसेको थियो । नेप्से अध्यक्ष न्यौपानेको तिब्र लबिगंका कारण अर्याल समेत बैठकमा सहभागि भएर उपस्थिती जनाउनु परेको स्रोतले जानकारी दियो ।

अदालतको आदेश विपरित एकाएक प्रमुख कार्यकारी अधिकृतको अनुपस्थितीमा अर्याललाई उपस्थित गराएर बैठक बस्नु अनि बैठकले गरेको निर्णयको माइन्युट एकाएक गायब हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।