कस्ता सेयरलाई ब्लु चिप सेयर भनिन्छ ?

Jul 20, 2018 Merolagani

लामो समयदेखि नाफा कमाउँदै आएको तथा लगानीकर्ताहरुलाई उच्च प्रतिफल (लाभांश) प्रदान गर्दै आएको कम्पनीको सेयरलाई ब्लु चिप सेयर भनिन्छ । यस्ता कम्पनी लगानीकर्ताप्रति अन्य कम्पनीहरू भन्दा तुलनात्मक रुपमा बढी जवाफदेही हुन्छन् ।

यस्ता कम्पनीहरुले लगानीकर्ताको विश्वास जितेका हुन्छन् । उनीहरू पारदर्शी, जिम्मेवारीको स्पष्ट विभाजन, प्रतिफलको न्यायोचीत वितरण संस्थागत सुशासनमा पनि अगाडि हुन्छन् । यस्ता कम्पनीको सेयरहरुको बजार मूल्य प्रायः बढिरहेकै हुन्छ ।

संगठित संस्थाको कुशल ब्यवस्थापन गरी लामो समयदेखि नाफा कमाउँदै र लगानीकर्ताहरुलाइ उच्च लाभांश प्रदान गर्दै आएका कारण यस्ता कम्पनी लगानीकर्ताहरुप्रति बढी जवाफदेहि भएकाले विश्वास जित्न सफल मानिन्छन्  । 

ब्लू चिप कम्पनीहरुका निम्न विशेषताहरुले पनि यस्ता कम्पनीको सेयर खरिद गर्न आम लगानीकर्ता लालायित हुन्छन् ।

१.कम्पनीको बजारमा उच्च छबी (साख) हुनु
२. हकप्रदमा भन्दा बोनस वितरणमा जोड
३.लाभांशका फाइदा
४. नियमित आम्दानी बढाउँदै लग्नु
५. लिक्वीड सेयर
७. लगानीकर्ताको विश्वास र भरोसा बढी हुनु
८.बजार पूँजीकरण धेरै हुनु
९.अल्पकालीन र दीर्घकालीन लगानी दुबैबाट प्रशस्त लाभ लिनसक्नु
१०. वैदेशिक संस्थागत लगानीकर्ता र म्युचुअल फण्डहरुले समेत यस्ता कम्पनीमा लगानी गर्नु ।

अादी

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।