सिटिजन्सको एफपिओ गोलाप्रथाबाट बाँडफाँड हुने निश्चित, १६ हजार बढी आवेदक खालि हात हुने

Aug 03, 2018 Merolagani



-तीर्थराज पाैड्याल ।
सिटिजन्स बैंक (CZBIL)काे एफपिओ गोलाप्रथाबाट बाँडफाँड हुने निश्चित भएको छ । बैंकले निष्काशन गरेको एफपिओ धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार सबै आवेदकलाई १० कित्ताका दरले बाँडफाँड गर्नुपर्ने हुन्छ।अावेदक संख्या उच्च हुँदा १६ हजार बढीले एफपिओ नपाउने देखिएको छ।

बैंकले साउन १५ देखि १८ गतेसम्म कूल ४ लाख ६३ हजार ८२६ कित्ता एफपिओ निष्काशन थियाे ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार १० कित्ताका दरले बाँडफाँड गर्दा ४६ हजार ३८२ जना आवेदकले गोलाप्रथाबाट १० कित्ता सेयर प्राप्त गर्दछन् ।

सिटिजन्स बैंक एफपिओ बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटलका अनुसार शुक्रबार कार्यालय समयभित्र ६२ हजार ४०० बढी आवेदकले एफपिओ आवेदन गरेका छन् । प्रारम्भिक तथ्याङ्क अनुसार नै १६ हजार बढी आवेदकले सेयर प्राप्त गर्न नसक्ने तथ्याङ्क देखिएको हो ।

निष्काशित एफपिओ ४६ हजार ३८२ जनालाई १० कित्ता बाँडफाँड गर्न पुग्छ । बाँकी रहेको ६ कित्ता सेयर ४६ हजार ३८२ जनामध्ये फेरी गोलाप्रथाबाट भाग्यमानी ६ आवेदकले ११ कित्ता सेयर प्राप्त गर्नेछन् ।

बिक्री प्रबन्धकका अनुसार मेरो सेयरबाट परेको आवेदन बेलुकासम्म आउने भएकाले आवेदन संख्या अझै बढ्नेछ । यस अनुसार थपिएका आवेदक संख्या अनुसार सेयर प्राप्त नगर्नेको संख्या अरु थपिनेछ ।

एफपिओमा पर्यो १३ गुणा बढी आवेदन 

बैंकले ९ करोड २७ लाख ६५ हजार २०० रुपैयाँको एफपिओ निष्काशन गरेकोमा गुणा बढी अर्थात एक अर्ब २१ करोड ११ लाख रुपैयाँ बराबरको ६० लाख ५५ हजार ५०० कित्ताको आवेदन परेको हो । जुन कूल निष्काशन रकमको १३.०६ गुणा बढी हो ।

बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा एक सय रुपैयाँ नै प्रिमियम थपेर प्रतिकित्ता २०० रुपैयाँका दरले एफपिओ निष्काशन गरेको थियाे । एफपिओपछि बैंकको चुक्ता पूँजीमा ४ करोड ६३ लाख रुपैयाँ थपिनेछ भने त्यति नै रकम जगेडा कोषमा जम्मा हुनेछ । 




सुनको मूल्यमा भारि गिरावट

Jun 17, 2025 10:42 AM

असार ३ गते, मंगलबार, नेपाली बजारमा सुनको मूल्यमा भारि गिरावट भएको छ । यस दिन सुन प्रतितोला दुई हजार ५०० रुपैयाँले घटेको हो ।