एनएमबि बैंकले घटायो कर्जाको ब्याजदर, यस्तो छ संसोधन

Aug 12, 2018 Merolagani



बैंकिङ्ग प्रणालीमा तरलताको चरम अभाव भएपछि बैंकहरूले निक्षेप तान्न बैंकहरुले बढाएको ब्याजदर विस्तारै एकपछि अर्को बैंकले घटाउन थालेका छन् । यसैबीचमा एनएमबि बैंकले आइतबारदेखि लागू हुनेगरि संसोधित ब्याजदर प्रकाशन गरेको छ ।

एनएमबि बैंकले साउन २६ गते अाइतबारदेखि आधार ब्याजदरमा २ प्रतिशत देखि अधिकतम ६ प्रतिशतसम्म प्रिमियममा कर्जा प्रवाह गर्ने भएको छ । यसअघि बैंकले न्यूनतम तीन प्रतिशतदेखि ६ प्रतिशत प्रिमियममा कर्जा प्रवाह गर्दै आइरहेको थियो । असार मसान्तसम्म बैंकको आधार ब्याजदर १०.७० प्रतिशत र स्प्रेडदर ४.१४ प्रतिशत रहेको छ । 

बैंकले आधार ब्याजदरमा न्यूनतम दुई देखि अधिकतम १० प्रतिशत प्रिमियममा सेयर कर्जा उपलब्ध गराउने भएको छ । प्राइममा २ देखि ५, स्टाण्डर्डमा २ देखि ७ र अन्यमा ७ देखि १० प्रतिशत प्रिमियमा सेयर कर्जा प्रवाह गरिने बैंकले उल्लेख गरेको छ ।

बैंकले मुद्धती निक्षेपको ब्याजदर त्रैमासिक रुपमा भुक्तानी गर्ने गरि ७ प्रतिशतसम्म झारेको छ भने व्यक्तिगत तर्फ एक बर्षको मान्यजन मुद्धतीमा अधिकतम १०.५० प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । बजारमा लगानी गर्ने पैसा नभएपछि बैंकहरूमा निक्षेप तानातान भएपछि बैंकले गत चैतमा २ हप्ते मुद्धती निक्षेप १० प्रतिशतमा उठाएको थियो ।

साधारण बचतका २२ मध्ये १८ शिर्षकमा बैंकले ५ प्रतिशत मात्र ब्यादरमा निक्षेप संकलन गर्ने भएको छ । एनएमबि तलब खाता र उमङ्ग खातामा बैंकले अधिकतम ७ प्रतिशत ब्याजदर प्रदान गर्ने र नारी सम्मान बचतमा ६ प्रतिशत तथा एनएमबि सरल बचत र डिलाइट सेभिङ्गमा साढे पाँच प्रतिशत ब्याजदर प्रदान गर्नेछ ।

बैंक ब्याजदर र सेयर बजारमा विपरित सम्बन्ध रहन्छ । ब्याजदर उच्च हुँदा सेयर बजारले गति लिन सकिरहेको हुँदैन भने ब्याजदर घटन थालेपछि सेयर बजारले सुधारको लय समात्छ । यसरी बैंक ब्याजदर विस्तारै घट्न जाने हो भने त्यसको सकरात्मक प्रभाव शेयरको दोस्रो बजार सूचकमा पर्ने आंकलन गर्न सकिन्छ ।




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।