घट्दो बजारमा लगानी गर्ने सोचमा हुनुहुन्छ ? यस्ता छन् सस्ता र महङ्गा कम्पनी

Aug 12, 2018 Merolagani

-तीर्थराज पाैड्याल
आइतबार सेयर बजार परिसूचक नेप्से १६.६७ अंकले घटेर ११६३.९४ अंकमा झरेको छ। गत चैत १२ गते ११६८.५५ अंकमा झरेको नेप्से आइतबार दुई बर्ष ७ महिना यताकै न्यून बिन्दुमा झरेको हाे। २०७२ पुस २३ गते नेप्से परिसूचक ११६४.१४ बिन्दुमा रहेको थियो भने वि.सं २०७२ असोज २८ गते सेयर बजार परिसूचक आजभन्दा कम अर्थात ११६२.०६ अंकमा रहेको थियो।

सेयर बजार निरन्तर ओरालो लागेपछि धेरै कम्पनीको सेयरमूल्य आईपिओकै भाउमा झरेको छ । एक दर्जन बढी कम्पनी सेयरमूल्य आईपिओकै भाउमा अाएको छ । आईपिओ भरेको लागत हिसाब गर्ने हो भने २० कम्पनीको सेयरमूल्य आईपिओकै भाउमा झरेको छ । २० कम्पनीमध्ये ११ वटा फाइनान्स, पाँच हाइड्रोपावर, चार विकास बैंक रहेका छन् ।

दुई कम्पनीहरुको सेयरमूल्यमा आईपिओको भाउभन्दा सस्तो रहेको छ । नेशनल हाइड्रोपावर कम्पनीको सेयरमूल्य आईपिओभन्दा २३ रुपैयाँ कम ७७ रुपैयाँमा अाएकाे छ र वर्ल्ड मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स कम्पनीको सेयरमूल्य ९५ रूपैयाँमा झरेको छ । आइतबारकाे बजारमूल्य अनुसार बेष्ट फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक, र जेबिल्स् फाइनान्सको सेयरमूल्य एक सय रुपैयाँमा नै रहेको छ ।

प्रोगेशिभ फाइनान्स, सिटी एक्सप्रेस फाइनान्स, दिव्यश्वरी हाइड्रोपावर, कर्णाली डेभलपमेन्ट बैंक, खानीखोला हाइड्रोपावर र गोर्खाज फाइनान्स कम्पनीको सेयरमूल्य अधिकतम १०५ बीचमा रहेका छन् ।

सस्ता सेयरमूल्य भएका २० कम्पनीमध्ये हाथवे फाइनान्सको सबैभन्दा बढी १२३ रुपैयाँ रहेको छ । जुन माथिका कम्पनीहरुको आईपिओ पार्न लगानीकर्ताले खेपेको सास्ती र हैरानीको हिसाब गर्ने हो भने आर्इपिओको नै मूल्य हो ।

अर्काेतर्फ अहिले स्थानीय बासिन्दाका लागि आँखुखोला हाइड्रोपावर, युनियन हाइड्रोपावर, माथिल्लो तामाकोशी जलविद्युतले अाइपिअाेमा आवेदन खुला गरिरहेका छन् । यी सबै कम्पनीले अझै केही बर्ष लाभांश बाँडन सक्दैनन् । यस्ता कम्पनीको आईपिओ भनेर मरिहत्ते गरेर पछाडि लाग्नु भन्दा कम्पनी छानेर आईपिओकै भाउमा पाइने र यस बर्ष नै लाभांश बाँड्ने कम्पनीमा गरिने लगानी धेरै हदसम्म सुरक्षित  र चाँडाे प्रतिफल दिनसक्ने लगानी बन्न सक्छ ।

बजार घटेर तल्लो बिन्दुमा आएको बेला आइपिओकै भाउमा आएका कम्पनीमध्ये कम्पनीको व्यवस्थापन, उनिहरुको विगतको गरेका र भविष्यमा गर्नसक्ने प्रगति, लाभांश वितरण अवस्था, आदिको अध्ययन गरेर राम्रा कम्पनी छानेर लगानी बढाउन सकेको खण्डमा गत बर्षको नाफाबाटै लगानीकर्ताले न्यून लगानीबाट उचित प्रतिफल प्राप्त गर्नसक्छन् । यद्यपी कम्पनीको सेयरमूल्य निरन्तर घट्नुमा विभिन्न कारक तत्व जिम्मेवार रहने हुनाले यसतर्फ भने लगानी गर्नुपुर्व सावधानी अपनाउनु जरुरी हुन्छ ।

बजार घटेसँगै थाेरै सेयरमूल्य भएका कम्पनीकाे सेयरमूल्य मात्र झरेकाे छछैन । उच्च सेयरमूल्य हुने कम्पनीकाे अवस्था पनि उस्तै छ । सेयर बजार ओरालो लाग्दा ब्लू चिप कम्पनी मानिने कम्पनीकाे सेयरमूल्य पनि निकै तल  झरिसकेकाे अवस्था छ ।

एक हजार २०० रुपैयाँभन्दा बढी सेयरमूल्य हुने कम्पनी करिब दुई दर्जन मात्र रहेको छ । जसमध्ये ११ वटा लघुवित्त कम्पनी, तीन उत्पादनमूलक, निर्जीवन बीमा कम्पनी दुई, राष्ट्रिय बीमा कम्पनी संस्थापक, जीवन बीमा कम्पनी एक, ब्यापार र अन्य समूहको एक/एक कम्पनी रहेका छन् ।

सबैभन्दा बढी सेयरमूल्य रहेको उत्पादन समूहको युनिलिभरको सेयरमूल्य नै २३ हजार ६० रुपैयाँमा झरेको छ । सेयरमूल्यको आधारमा दोस्रो ठूलो कम्पनी राष्ट्रिय बीमा कम्पनीको १० हजार एक सय रुपैयाँ रहेको छ भने बाँकी सबै कम्पनीको सेयरमूल्य १० हजारभन्दा कम रहेका छन् ।

पाँच हजार रुपैयाँभन्दा बढी सेयरमूल्य हुने ४ कम्पनी, दुई हजारभन्दा बढी हुने ९ कम्पनी रहेका छन् । एक हजार २५० देखि दुई हजारसम्म मूल्य हुने ११ कम्पनी रहेका छन् । जसमध्ये सबैभन्दा कम वोमी माइक्रोफाइनान्सको एक हजार २५५ रुपैयाँ रहेको छ ।

उच्च सेयरमूल्य हुँदैमा लगानीका लागि शतप्रतिशत सुरक्षित हुन्छ भन्ने हुँदैन । सेयरमूल्य उच्च हुने कम्पनीमा लगानीकर्ताको लागत बढी पर्ने हुँदा कम प्रतिफल प्राप्त हुन्छ भने बजारमूल्य घट्दा धेरै घाटा ब्यहोर्नुपर्ने सम्भावना पनि उत्तिकै रहन्छ ।

यस आधारमा कस्ता कम्पनी खरिद गर्ने भन्ने कुराको निर्णय लगानीकर्ता आफैँले कम्पनीको व्यवस्थापकिय क्ष्मता, वित्तीय विवरणको आधारमा आधारभुत अवस्थाको विश्लेषण गरेर मात्र लगानी गर्नु श्रेष्ठकर हुन्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।