साढे १२ अर्ब पूँजीबाट ६ जीवन बीमा कम्पनीले कमाए सवा १ अर्ब खुद नाफा (काउण्ट डाउन)

Aug 17, 2018 Merolagani

गत आर्थिक वर्षमा नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत ६ वटा जीवन बीमा कम्पनीहरुले १ अर्ब २७ करोड ४ लाख रुपैंया खुद नाफा कमाएका छन् । केही बीमा कम्पनीले बीमांकीय मूल्यांकन समायोजन गरेका छैनन् । उल्लेखित ६ बीमा कम्पनीको चुक्ता पूँजी १२ अर्ब ५५ करोड रुपैंया छ ।

धेरै खुद नाफा कमाउनेको काण्ट डाउनमा नेपाल लाइफ इन्स्योरेन्स पहिलो स्थानमा परेको छ । त्यस पछि नेशनल लाइफ इन्स्योरेन्स, प्राइम लाइफ, सूर्या लाइफ, लाइफ इन्स्योरेन्स कर्पोरेशन र एशियन लाइफ इन्स्योरेन्स रहेका छन् । नेपाल लाइफ र लाइफ इन्स्योरेन्सको बीमांकीय मूल्यांकन हुँदा यो रकममा अझै धेरै बढोत्तरी हुनेछ ।

यसका साथै जगेडा, जीवन बीमा कोष तथा बीमाशुल्क आर्जनमा ६ जीवन बीमा कम्पनीको अवस्था यस्तो छ ।

प्रतिसेयर आम्दानीका आधारमा अहिले प्राइम लाइफ इन्स्योरेन्स पहिलो बनेको छ । त्यस पछि नेशनल लाइफ, नेपाल लाइफ, सूर्या लाइफ, लाइफ इन्स्योरेन्स कर्पोरेशन र एशियन लाइफले क्रमिक रुपमा प्राइम लाइफलाई पछ्याएका छन् । यो आँकडा पनि बीमांकीय मूल्यांकन पछिको कमाई सार्वजनिक हुँदा फरक पर्छ ।

प्रतिसेयर आम्दानीसँगै मूल्य आम्दानी अनुपात, बूक भ्याल्लु लगायत सूचकको अवस्था तथ्यांकमा यस्तो देखिन्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।