बससेवा र थाइल्याण्डको टुवेल्भ गो ग्रुपबीच अनलाइन बस टिकट सम्झौता

Aug 21, 2018 Merolagani

थाइल्याण्डको चर्चित ट्राभल कम्पनी टुवेल्भ गो ग्रुप (12 GO Group) को उपस्थिती रहेका विभिन्न मुलुकबाट नेपालका अधिकांश गन्तव्यको बस टिकट अब अनलाइनबाट काट्न सकिने भएको छ। नेपालमा अनलाईनबाट बस टिकट बिक्री गर्दै आएको बससेवा डटकम र टुवेल्भ गो ग्रुपबीच अनलाइन टिकट बिक्री गर्ने विषयमा सम्झौता भएको छ ।

सम्झौतापत्रमा बससेवा डटकमका सिइओ पि.आर खनाल र टुवेल्भ गो गु्रपका निर्देशक तथा सिईओ एलेक्सी एबोलमासोभले हस्ताक्षर गरेका छन् । 

सम्झौतासँगै अबदेखि टुवेल्भ गो गु्रपको सेवा रहेका थाइल्याण्ड, भारत, मलेसिया, सिंगापुर भियतनाम, फिलिपिन्स्, कम्बोडिया, लाओस, म्यानमार लगायतका विभिन्न मुलुकबाट नेपालका विभिन्न गन्तव्यको टिकट काट्न सकिनेछ । यो सँगै यी मुलुकमा रहेका नेपाली र नेपाल घुम्न आउने पर्यटकले विदेशबाटै टिकट काट्न सक्नेछन् ।

 

सम्झौतापछि बससेवा डटकमका सिइओ पि.आर खनालले भने ‘टुवेल्भ गो गु्रपसँगको सहकार्यले विभिन्न मुलुकबाट नेपाल आउने पर्यटक र ति मुलुकमा रहेका नेपालीले विदेशबाटै अथवा नेपालमै आइसकेपछि पनि अनलाइनबाट बिना झन्झट टिकट काट्न सक्नेछन् । यसले नेपालको पर्यटन विकासको लागि महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने हाम्रो विश्वास छ । ’

बससेवा डटकम नेपालको एकमात्र अनलाइन बस टिकटिङ माध्यम हो । बससेवाले नेपालभरका एसी, डिलक्स्, हाइस लगायतका बस टिकट उपलब्ध गराउनुका साथै बस रिजर्भेसन समेत अनलाइनबाटै गर्दै आएको छ । इसेवा एकाउण्ट भएका ग्राहकले इसेवा मार्फत् र एकाउण्ट नभएको अवस्थामा नजिकको इसेवा, जोन, पोइन्ट, अनलाइन पेमेन्ट, तथा अन्य साइबर कम्युनिकेशनबाट टिकट काट्न सकिनेछ ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।