ज्योति विकास बैंकले नगद लाभांश मात्र वितरण गर्ने

Sep 09, 2018 Merolagani

ज्योति विकास बैंक (JBBL) ले गत आर्थिक बर्षको नाफाबाट आफ्ना सेयरधनीलाई नगद लाभांश मात्र वितरण गर्ने भएको छ । बैंकले सञ्चित नाफाबाट चुक्ता पूँजीको ८.४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  अघिल्लाे बर्ष  भने बैंकले १० प्रतिशत बाेनस वितरण गरेकाे थियाे ।

भदौ २४ गते बसेको सञ्चालक समितिको ३१२ अाैं बैठकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट २१ करोड ८० लाख ६२ हजार ७५३ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले नगद लाभांश खण्डिकृत शेयरमा रहेको भिन्न अंक थप गरी पुर्ण शेयर कायम गरी वितरण गर्ने बैंकले जनाएको छ । 

बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृती भएर बैंककाे आगामी बार्षिक साधारण सभाबाट पारित भएपछि मात्र सेयरधनीलाई वितरण हुनेछ ।

 

 

हाम्रो विकास बैंकलाई एक्वायर गर्ने प्रस्ताव गरेको ज्योति विकास बैंकको चुक्ता पुँजी २ अर्ब ५९ करोड ३६ लाख रुपैयाँ रहेको छ । हाम्राे विकास बैंक प्राप्ती पश्चात बैंककाे चुक्त्ता पूँजी ३ अर्ब नाघ्नेछ ।

गत आर्थिक वर्षको चौथो त्रैमासमा प्रति शेयर आम्दानी ११ रुपैयाँ ७७ पैसा रहेको छ ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।