किसान माइक्रोफाइनान्सको बोनस घोषणा,चार प्रतिशत बढ्याे

Sep 11, 2018 Merolagani

किसान माइक्रोफाइनान्स (KMFL) ले गत आर्थिक बर्षको नाफाबाट सेयरधनीलाई २९ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ । अघिल्लाे बर्षकाे तुलनामा कम्पनीले चार प्रतिशत बाेनस बढाएकाे हाे । अघिल्लाे बर्ष कम्पनीले २५ प्रतिशत बाेनस सेयर वितरण गरेकाे थियाे ।

लघुवित्त सञ्चालक समितिको भदौ २५ गते आइतबार सम्पन्न १०३ औं बैठकले चुक्ता पूँजी ४ करोड ८० लाख ५० हजार रुपैयाँको २९ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि १.५३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।

किसान माइक्रोले गत आर्थिक वर्षमा एक करोड २१ लाख ८१ हजार खुद नाफा कमाएर प्रतिसेयर आम्दानीमा १९ रूपैयाँ २५ पैसा कायम गरेको थियो ।

 

 

कम्पनीले चुक्ता पूँजी वृद्धि गर्नका लागि चार करोड ८० लाख ५० हजार रुपैयाँको दुई बराबर एक अर्थात चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद जारी गर्न गत असार १४ गते निवेदन दिएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।