‘मोक ट्रेडिङ्ग’ शुरु, दुई महिनापछि मात्रै पूर्णरुपमा अनलार्इन कारोबार

Sep 18, 2018 Merolagani

धितोपत्र बजारलाई पूर्णरुपमा अनलार्इन प्रणालीमा लैजान अझै दुई महिना लाग्ने भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबारदेखि अनलार्इन कारोबार प्रणालीको परीक्षण शुरु भएको छ तर दुई महिनापछि मात्रै शेयर कारोबार पूर्णरुपमा अनलार्इनमा हुनेछ ।

निर्धारित समयमा आवश्यक भौतिक पूर्वाधार तथा तयारी हुन नसक्दा पूर्ण रुपमा अनलार्इन मार्फत कारोबार हुन नसकेको स्टकका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले जानकारी दिए ।

‘डाटा सेन्टर’ तयारीका लागि थप समय लाग्ने भएकाले पूर्णरुपमा अनलाइन कारोबार प्रणाली सञ्चालनमा ल्याउन समस्या भयो, परीक्षणको रुपमा ‘मोक ट्रेडिङ्ग मात्रै शुरु भएको छ’ प्रमुख कार्यकारी अधिकृत साउदले भने ।

परीक्षण गर्न मात्रै कम्तिमा डेढ महिना लाग्ने देखिएको छ । शेयर दलाल कम्पनीले पनि डाटा सेन्टर बनाउन स्टकले निर्देशन दिएको छ ।

दलाल कम्पनीले आफ्नै डाटा सेन्टर तयार गर्नसक्ने वा सामूहिक रूपमा पनि तयार गर्नसक्ने व्यवस्था गरिएको छ । परीक्षणका रुपमा मंगलबारदेखि लगानीकर्तालाई अभ्यस्त बनाउन लागिएको स्टक एक्सचेञ्जले जनाएको छ ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।