एनआईबिएल समृद्धि फण्ड गत बर्षको लाभांश बाँड्ने दाेस्राे कम्पनी

Sep 20, 2018 Merolagani



एनआईबिएल समृद्धि फण्ड १ (NIBSF1) गत आर्थिक बर्षको लाभांश वितरण गर्ने दाेस्राे सूचीकृत कम्पनी बनेको छ। कम्पनीले आर्थिक बर्ष २०७४/७५ मा १२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो। फण्डले असोज १ गतेदेखि इकाईधनीको बैंक खातामा लाभांश वितरण गर्न थालेको जनाएको छ । 

एनआईबिएल म्युचुअल फण्ड अन्तगर्त सञ्चालित एनआईबिएल समृद्धि फण्ड १ ले आर्थिक बर्ष २०७४/७५ मा १२ प्रतिशत नगद लाभांश  वितरण गरेकाे छ ।

अन्य कम्पनीहरुको हकमा नियामक निकायबाट स्वीकृती लिएर साधारण सभाबाट अनुमोदन गर्ने प्रकृया पुर्याएर मात्र लाभांश वितरण गर्नुपर्ने हुन्छ ।

सामूहिक लगानी कोषको हकमा लेखापरिक्षण सम्पन्न गरेर योजना व्यवस्थापकको सञ्चालक समिति बैठकले लाभांश घोषणा गर्ने गर्दछ ।

यसलाई साधारण सभाबाट अनुमोदन गराउन नपर्ने र नियामकको स्वीकृती लिनु नपर्ने भएकाले इकाईधनीले छिटो लाभांश पाउने अवस्था रहन्छ । तर लाभांशको जानकारी भने नियामक निकायमा गराइएको हुन्छ ।

एनआईबिएल समृद्धि फण्डले हालसम्म पनि हितग्राही खाता (डिम्याट) मा बैंक खाता नम्बर अद्यावधिक नगराएका लगानीकर्तालाई भने कम्पनीले लाभांश वितरणका लागि यथाशिघ्र अपडेट गराउन आग्रह गरेको छ ।

विगत बर्षहरुमा वितरण भएको लाभांश लिन बाँकी रहेको इकाइधनीले समेत एनआईबिएल एस क्यापिटल मार्फत लाभांश संकलन गर्नसक्ने फण्डले जनाएको छ । लाभांश संकलन गर्न आउँदा आधाकारिक परिचयपत्र अथवा आफैँ संकलन गर्न नसक्नेहरुको हकमा मञ्जुरीनामा समेत आवश्यक पर्ने जनाइएको छ ।

यसअघि सिद्दार्थ क्यापिटलकाे व्यवस्थापनमा सञ्चालित सिद्दार्थ इक्वीटी अाेरियण्टल स्कीम सामूहिक लगानी काेषले भदाै २० गतेदेखि १२ प्रतिशत नै नगद लाभांश वितरण गरिसकेकाे छ ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।