बोलपत्र पेश गर्दा साधारण सेयरका लागि एक सय कित्ता र संस्थापक सेयरको लागि न्यूनतम एक हजार कित्तादेखि लिलामी खुला गरिएको अधिकतम कित्ताका लागि बोलपत्र पेश गर्न सकिनेछ ।
लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बढाबढ मूल्यमा बोलकबोलमा सहभागी हुन सक्नेछन् । हाल शेयरबजारमा लघुवित्तको सेयरमूल्य प्रतिकित्ता १३०३ रुपैयाँ हाराहारी छ ।
लिलामी आवेदन बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लाजिम्पाट, शाखा कार्यालयहरु लालदरबार, लगनखेल, पोखरा, बुटवल, वीरगञ्ज र विराटनगर तथा नेपाल इन्भेष्टमेन्ट बैंकको सुर्खेत, नेपालगञ्ज, नारायणगढ र धनगढी शाखाबाट पेश गर्न सकिने जनाइएको छ ।
कम्पनीले असार २७ देखि साउन २९ गतेसम्म चुक्ता पूँजीको ५० प्रतिशत हकप्रदमा जारी गर्दा अवितरित सेयर लिलामीमा ल्याएको हो । समताको चुक्ता पुँजी ३ करोड ७९ लाख २० हजार रुपैयाँ छ । लिलामी सेयर बिक्रीपछि पुँजी ५ करोड ६८ लाख ८० हजार रुपैयाँ पुग्नेछ ।
गत आर्थिक वर्षमा ७३ लाख ८५ हजार रुपैयाँ खुद नाफा कमाएको समता माइक्रोफाइनान्सले गत वर्षको कमाईबाट १० प्रतिशत बोनस र ११.०५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । उसको प्रतिसेयर आम्दानी १९ रुपैयाँ ४८ पैसा रहेको छ ।