गत बुधबारदेखि सोमबारसम्म चार कारोबार दिनमा ४१.३८ अंकले घटेको बजार यो साताको मंगलबार २.६९ अंकले उक्लिएर नेप्से सूचक १२४१.३६ अंकमा पुगेको छ ।
बजार सामान्य बढेपनि अघिल्लो दिनको तुलनामा कारोबार रकम भने खस्किएको छ । मंगलबार १७१ कम्पनीका १५ लाख ९३ ह्जार ७०० कित्ता सेयर ४५ करोड १९ लाख ९३ हजार रुपैयाँ बराबरमा किनबेच भए । अघिल्लो दिनको तुलनामा कारोबार रकम ८ करोड भन्दा धेरैले कम हो ।
मंगलबार एघार समूहको कारोबार भएकोमा ६ समूह उकालो लागेका छन भने पाँच समूहका सूचक घटेका छन् । वाणिज्य बैंक, उत्पादन, जिवन बीमा, निर्जिवन बीमा, माइक्रोफाइनान्स र अन्य समूहका सूचक सकारात्मक रहदा होटल, विकास बैंक, जलविद्युत, उत्पादन र वित्त समूह नकारत्मक रहे ।
यसदिन ग्लोबल आइएमई बैंकको सबैभन्दा धेरै ३ करोड ६५ लाख बराबरको शेयर किनबेच भयो । सानिमा माई हाइड्रोको पनि झण्डै ३ करोड बराबरकै कारोबार भएको छ । माछापुच्छ्रे, एनएमबि, कुमारी बैंक लगायत पनि लगानीकर्ताको रोजाईमा परेका छन् ।
नाडेप लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै झण्डै दश प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै भागर्व विकास बैंकको शेयरमूल्य नौ प्रतिशत बढीले ओरालो लागेको छ ।