एनआईसी एशिया बैंकले बाँकेमा खोल्यो थप २ नयाँ शाखा

Oct 11, 2018 Merolagani

एनआईसी एशिया बैंक (NICA) ले बाँकेमा थप २ नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले नेपालगञ्ज उप–महानगरपालिका वडा नं. ८ स्थित त्रिभुवन चोक र बैजनाथ गाउँपालिका वडा नं.६ स्थित सम्झना चोका शाखा खोलेको हो ।

त्रिभुवन चोक शाखाको एनआइसी एशिया बंैकका संचालक राजेन्द्र प्रसाद अर्याल र सम्झना चोक शाखाको नेपाल राष्ट्र बैक, नेपालगञ्जका निर्देशक बिमल राज खनालले उद्घाटन गरे । 

यो सँगै बैंकको मुलुकभर २६१ शाखा कार्यालयहरु पुगेका छन् । बैंकले २५३ एटिएम, २५ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दे आएको छ ।

बैंकले हालसम्म १६४ अर्ब निक्षेप उठाएर १३८ अर्ब कर्जा प्रवाह गरेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।