आँखु खोला हाइड्रोको आईपिओमा साढे चार गुणा बढी आवेदन, कहिले हुँदैछ बाँडफाँड ?

Oct 12, 2018 Merolagani



आँखु खोला हाइड्रोपावरले निष्काशन गरेको साधारण सेयरमा सीआस्वाबाट मात्र साढे ४ गुणा बढी आवेदन परेको छ । प्रारम्भिक तथ्यांक अनुसार मध्यान्ह ३ बजेसम्ममा ८२ हजार ५ सय आवेदनबाट ५७ करोड २२ लाख रुपैंयाको आवेदन परेको छ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार साँझ ५ बजेसम्ममा कम्पनीको सेयरमा ६० करोड रुपैंया बराबरको आवेदन पर्ने अनुमान छ ।

कागजी फारम भरेर सेयर आवेदन गर्नेहरुको तथ्यांक भने उल्लेखित विबरणमा समावेश गरिएको छैन ।

सिभिल क्यापिटलका अनुसार कम्पनीको सेयर कात्तिक पहिलो साता बाँडफाँड हुनेछ । कम्पनीले असोज २३ गतेदेखि १३ लाख ७६ हजार २० कित्ता सेयर निष्काशन गरेको थियो । जस मध्ये मध्ये ६८ हजार ८०१ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई र २७ हजार ५२० कित्ता शेयर कर्मचारीका लागि सुरक्षित गरेको छ ।

६० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको सेयर निष्काशन पश्चात चुक्ता पूँजी रहेको छ । आईपिओपछि हाइड्रोको चुक्ता पूँजी ८० करोड रुपैयाँ पुग्नेछ ।




शेयर बजार र घर जग्गमा लाग्ने कर बढ्यो, विदेश पढ्न जानेमाथि थप भार

May 29, 2026 08:11 PM

आर्थिक वर्ष २०८३/८४ को नयाँ बजेटसँगै सरकारले ल्याएको आर्थिक विधेयक र मन्त्रिपरिषद्को पछिल्लो निर्णयले नेपालको कर प्रणालीमा ठूलो फेरबदल ल्याएको छ।