आँखुखोलाको आईपिओ बुधबार भित्र बाँडफाँड हुने

Oct 21, 2018 Merolagani



आँखुखोला हाइड्रोपावर (AKHCL) को आईपिओ बुधबार भित्र बाँडफाँड हुने भएको छ। कम्पनीले असोज २३ गतेदेखि १३ लाख ७६ हजार २० कित्ता शेयर निष्काशन गरेको आईपिओ बुधबार भित्रै बाँडफाँड गर्ने शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटलले जनाएको हो ।

कूल निष्काशन गरेको आईपिओ मध्ये ६८ हजार ८०१ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई र २७ हजार ५२० कित्ता शेयर कर्मचारीका लागि सुरक्षित गरेको छ ।

कम्पनीले निष्काशन गरेको साधारण शेयरमा ४.३१ गुणा बढी आवेदन परेको छ । कम्पनीको आईपिओमा ८५ हजार ८८० आवेदनबाट ५९ लाख ३६ हजार कित्ता शेयरको लागि ५९ करोड ३६ लाख रुपैयाँ बराबरको आवेदन परेको बिक्री प्रबन्धक सिभिल क्यापिटलले जानकारी गराएको छ । 

कम्पनीको आईपिओ धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार बाँडफाँड हुनेछ । यस अनुसार प्रत्येक आवेदकलाई गोलाप्रथाबाट दश कित्ता शेयर बाँडफाँड हुनेछ । यस अनुसार सबै आवेदकले कम्पनीको शेयर न्युनतम १० कित्ता पाउनेछन् । अधिकतम शेयर प्राप्त गर्नेले १५ कित्ता प्राप्त गर्नेछन् ।

६० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको आईपिओ निष्काशन पश्चात ८० करोड रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।