कुनै पनि कम्पनी किन परेनन् ए र बि वर्गमा, यस्तो छ नेप्सेको वर्गिकरण सूची

Oct 22, 2018 Merolagani

नेपाल धितोपत्र बोर्डले धितोपत्र सूचीकरण तथा कारोवार नियमावली, २०७५” मा गरेको व्यवस्था बमोजिम नेप्सेले सूचीकृत संगठित संस्थाहरुलाई वर्गिकरण गरेको छ । समूह ए र बि वर्गमा कुनैपनि कम्पनी परेका छैनन् भने जी र जेड समूहको वर्गिकरणमा अधिकांश कम्पनी परेको नेप्सेले जनाएको छ ।

नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले अधिकांश कम्पनीहरुले क्रेडिट रेटिङ्ग नगरेका तथा गरेपनि नेप्सेमा सो विवरण पेश नगरेका कारण ए र वि वर्गमा कुनैपनि कम्पनी नपरेको बताए ।

समूह जेड १७४ कम्पनी

धितोपत्र सूचिकरण नियमावलीको विनियम ११ अनुसार संगठित संस्थाको सूचिकरण गरेको नेप्सेले जनाएको छ । नेप्सेमा सूचीकृत १९६ कम्पनीमध्ये समूह जी मा २२ वटा कम्पनी परेका छन् भने समूह जेड मा १७४ वटा कम्पनी रहेका छन् ।

सबै वाणिज्य बैंकहरु सहित धेरै बजार पूँजीकरण रहेका कम्पनीहरु समूह जेड मा रहेका छन् । साना तथा मझौला कम्पनीहरु मात्र समूह जी मा अटाएका छन् । समूह जी मा परेका २२ कम्पनीमध्ये आधा लघुवित्त कम्पनी रहेका छन् ।

वर्गिकरणमा परेका संगठित संस्थाहरुले वर्गिकरणमा पर्नु नपर्ने कारण सहित ३५ दिनभित्र दाबी गर्न समेत नेप्सेले समयावधि दिएको छ । कम्पनीले पेश गरेको दाबी र कारण हेरेर नेप्सेले कम्पनीको वर्गिकरण सच्चाउन आवश्यक भएमा संसोधन समेत गर्न सक्नेछ ।

अन्तर्राष्ट्रिय अभ्यासलाई समेत दृष्टिगत गरी संगठित संस्थाको चुक्ता पूँजी, प्रतिफल वितरण, बार्षिक साधारण सभाको समय, वित्तीय विवरण प्रकाशन, क्रेडिट रेटिङ्ग र निमायक निकायले तोकेको नियम परिपालना लगायतको स्थितिलाई हेरी चार वर्गमा वर्गिकरण गर्ने व्यवस्था गरिएको थियो ।

नेप्सेको वर्गिकरणले लगानीकर्तामा अन्यौलमा

सूचीकृत संगठित संस्थाको वर्गिकरण अनुसार लगानीकर्ताले जोखिमको स्तर अनुमान गर्नसक्ने र सोही अनुसार कारोबारलाई सहजीकरण हुने बताइएपनि नेप्सको वर्गिकरणकै आधारमा लगानी गर्ने स्थिति भने देखिँदैन ।

लामो समयसम्म कारोबार नभएका कम्पनी र शेयर बजारमा राम्रा मानिँदै आएका कम्पनीहरुलाई समेत एउटै समूहमा गरिएको वर्गिकरणबाट शेयर बजारका लगानीकर्ता भने अलमलमा पर्ने अवस्था देखिएको छ ।

लामो समयसम्म कारोबार नभएका बुटवल स्पिनिङ मिल, गोरखकाली रबर उद्योग र नियमित साधारण सभा गर्दै आएका वाणिज्य बैंक, बीमा, र लघुवित्त कम्पनीहरु पनि एउटै वर्गमा परेका छन् ।

नेपाल पूँजीबजार लगानीकर्ता संघका उपाध्यक्ष राजु पौडेल नेप्सेको वर्गिकरणकै आधारमा लगानीकर्ताहरु राम्रा कम्पनीमा लगानी गर्न आत्तिनु नपर्ने बताउँछन् । राम्रा कम्पनीहरुले पनि तोकिएको मापदण्ड पुरा नगर्दा खराब कम्पनीहरुको वर्गमा पारेर नेप्सेले ती कम्पनीहरुलाई सजाय दिएको पौडेलले बताए ।

गत साउन १ गतेदेखि नियमावली लागू गर्दै धितोपत्र बोर्डले सूचीकृत कम्पनीहरुलाई ए, वि, जि र जेड गरी चार वर्गमा वर्गिकरण गर्ने नयाँ व्यवस्था भएको थियो । यसअघि यस्ता संस्थालाई ए र वि गरी दुई समुहमा वर्गिकरण गरिँदै आएको थियो ।

धितोपत्र बोर्डले कम्पनीको धितोपत्रको सूचीकरण तथा कारोबार प्रक्रियालाई थप व्यवस्थित, प्रविधि तथा बजारमैत्री र समसामयिक बनाउन नियमावली परिमार्जन गरेको थियो ।

कुन कम्पनी कहाँ परे हेर्नुहोस् सूची:-

 

 

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।