ऋणपत्र के हो ? यस्ता छन् ऋणपत्र खरीद गर्दा लगानीकर्तालाई हुने फाइदा

Oct 25, 2018 Merolagani



कूल ऋण पूँजीलाई सर्वसाधरण सबैले खरिद गर्न सक्ने गरि स-साना एकाईहरुमा विभाजन गरिएको एकाईहरुलाई ऋणपत्र भनिन्छ । अझै प्रष्ट रुपमा भन्नु पर्दा ऋणपत्र भन्नाले कम्पनीले ऋणमा लगानी गर्ने पक्षलाई ऋणको रकम, ब्याजदर र भुक्तानी विधि, अचल जायजेथा धितो राखेको भए सोको अवस्था आदि शर्तहरु उल्लेख गरि आधिकारिक रुपमा गरिदिएको लिखित पत्र हो । 

यसरी कम्पनीले सार्वजनिक सूचना प्रकाशन गरि कम्पनीको अचल जायजेथा धितो वा बन्धक राखि वा नराखी ऋण पूँजी उठाउन सक्छ ।

यसमा लगानी गर्ने लगानीकर्ताले आफुले गरेको लगानी रकममा तोकिएको ब्याजदर प्राप्त गर्दछन् । साधारण सेयर र अग्राधिकार सेयरधनीलाई लाभांश दिनुअघि नै ऋणपत्रका लगानीकर्ताले ब्याज प्राप्त गर्दछन् ।

संगठिक संस्था नोक्सानीमा गएपनि लगानीकर्ताले प्राप्त गर्ने ब्याज भने प्राप्त गर्दछन् कुनै बाधा पर्देन । कथमकदाचित कम्पनीले ऋणपत्र जारी गर्दा तोकिएको दर र समयमा प्राप्त गर्न असमर्थ भएमा ऋणपत्रमा लगानी गर्ने लगानीकर्ताले कम्पनीलाई खारेजीमा पठाउनका लागि कारवार्ही समेत चलाउन सक्दछन् । 

प्राय जोखिम लिन नचाहने लगानीकर्ताका लागि ऋणपत्रमा लगानी उत्तम विकल्प हो । 

लगानीकर्तालाई ऋणपत्र खरीद गर्दा हुने फाइदा

कम्पनीहरुले अर्धवाषिर्क र बार्षिक रुपमा ब्याज भुक्तानी गर्ने गर्छन् । जसले गर्दा यस डिबेन्चरमा जम्मा भएको रकमले कुनै आम्दानी नगरे पनि बार्षिक रुपमा दिने भनीएको ब्याज प्रदान गर्ने ग्यारेन्टी गरिएको छ ।

ऋणपत्रमा लगानी गर्दा लगानीकर्ता (ऋणपत्र धनी)ले कम जोखिममा वार्षिक रुपमा निश्चित प्रतिशत ब्याज प्राप्त गर्न सक्छन् । जसले गर्दा बचत तथा मुद्दती खाताहरुमा भईंरहने ब्याज दर परिवर्तनले हुने जोखिम यसका लगानीकर्ताले उठाउनु पर्दैन ।

कम्पनीले साधारण शेयर र अग्राधिकार शेयरका लगानीकर्ताहरुलाई लाभांश वितरण गर्नुअघि ऋणपत्र धनीलाई ब्याज दिनुपर्छ । कम्पनीले नोक्सानमा गएको बर्ष शेयर लगानीकर्ताहरुलाई लाभांश नबाड्ने भए पनि ऋणपत्र धनीलाई अनिवार्य रुपमा ब्याज भुक्तान गर्नुपर्छ ।

शेयरजस्तै डिबेन्चर धितोपत्र बजारमा पनि सुचिकृत हुने हुदा सजिलै किनबेच गर्न सकिन्छ । अन्य बैंकहरुमा धितो राखेर ऋण लिन सकिने र निर्धारीत अवधि समाप्त भएपछि एकमुष्ठ भुक्तानी पाईने भएकाले लगानीकर्ताहरुलाई दीर्घकालीन रुपमा फाइर्दा नै हुनेछ ।

रकम फिर्ता हुने ऋणँपत्र (रिडिमेबल डिबेञ्चर) तोकिएको समयमा साँवा र ब्याज भुक्तानी गर्ने शर्तमा निष्कासन गरिएको हुन्छ, जसले गर्दा लगानीकर्ताले साँवा रकमसमेत फिर्ता पाउछन् ।

 त्यसैगरी, कतिपय ऋणपत्र शेयरका रुपमा परिणत हुने खालका समेत हुन्छन् । तर, नेप्सेमा सूचीकृत भएका ऋणपत्रको कारोबार नभएकाले ती ऋणपत्रको मूल्य स्थिर रहन्छ । बार्षिक रुपमा एकनासको आम्दानी ढुक्कले चाहने लगानीकर्ताहरुका लागि यो ऋण पत्र लगानीको उत्तम विकल्प हुने देखिएको छ ।




गभर्नरमा गुणाकर भट्ट आउने भनेपछि शेयर बजार राताम्मे, किन एम अधिकारीको छायाँ देख्यो शेयर बजारले?

Apr 21, 2025 06:25 AM

गत बिहीबारसम्म शेयर बजार बढ्दो लयमा थियो। गएको बिहीबार मात्रै सूचक २६.५० अंकले बढेर २७२२.७३ अंकमा उक्लिएको थियो। नयाँ गभर्नर आउने भन्ने हल्ला बलियो बन्दै गएका कारण शेयर बजार समेत बढ्दो लयमा थियो।